समाचार

फोरम नेपाल देशकै ठूलो पार्टी बन्नेछ : नेता गुप्ता

कलैया, १६ बैशाख । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य तथा पूर्वसभासद् प्रमोद प्रसाद गुप्ताले मधेशको अधिकार प्राप्तिपछि फोरम नेपाल देशकै पहिलो पार्टि बन्ने ठोकुवा गरेका छन् ।

साझा पार्टी समर्थनमा ललितपुरको मेयर र उपमेयरमा उमेदवारी

काठमाडौं, १६ बैशाख । भर्खरै स्थापित साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जन तथा शोभा शाक्यले ललितपुर महानगरपालिकाको मेयर तथा उपमेयरका लागि स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्।

अपहरण भएका भनिएका बालक मृत अवस्थामा भेटियो

राम नारायण पंडित, सिरहा, १६ बैशाख । सिरहाको खोरीयाबाट अपहरण भएका भनिएका बालक मृत अबस्थामा फेला परेको छ । नरहा ३ खोरियाका भरोसी यादवको दुई वर्षिय छोरा रमन यादबको शब हत्या गरी गाडिएको अबस्थामा फेला परेको हो ।

बालक हत्या गर्नेलाई जन्मकैद

जलेश्वर, १६ बैशाख । दुई वर्ष पहिला एक बालकलाई अपहरण गरी घाँटी रेटी हत्या गर्ने अभियुक्तहरुलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको फैसला सुनाएको छ ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथल्याब सुरू

चन्द्रकान्त खनाल, रुपन्देही, १६ बैशाख । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथल्याब सुरू गरेको छ।अस्पतालले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी क्याथल्याब सुरु गरेको बताएको हो ।

सेना परिचालन गर्ने निर्णयप्रति फोरमको आपत्ति

काठमाडौं, १६ बैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको निर्वाचनमा सरकारले गरेको सेना परिचालन निर्णयप्रति आपत्ति जनाएको छ ।

कपिलवस्तुमा १५ दलले पाए चुनाव चिन्ह

मो. इमरानखान, कपिलवस्तु, १५ बैशाख । कपिलवस्तुमा स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका २६ दलमध्ये १५ दलले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २६ दलमध्ये १५ वटाले

बालिकालाई करणी गरी हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैदको फैसला

मो. इमरान खान, कपिलवस्तु, १५ बैशाख । कपिलवस्तु जिल्ला अदालत कपिलवस्तुले ६ वर्षीया बालिकालाई करणीपछि हत्या गरेको शिवराज नगरपालिका– १० प्रगतिनगरका १८ वर्षे भीमबहादुर कुवँरलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

राजपाका नेताद्वारा अस्पतालमा नगद सहित खानेकुरा वितरण

वीरगन्ज, १५ बैशाख । नारायणी उपक्षेत्रीय अस्पताल विकास सहयोग अभियानका संयोजक एवं राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय नेता ओमप्रकाश सरार्फको पहलमा शुक्रबार नारायणी उपक्षेत्रीय अस्पतालमा असहाय र अशक्त बिरामीहरुलाई नगदसहित

मधेश समता पार्टीद्वारा अग्निपीडित परिवारलाई राहत वितरण

वीरगंज, १५ बैशाख । मधेश समता पार्टी नेपाल वीरगंज नगर कार्य समितीले वीरगंज उपमहानगरपालिका वडा नं. २१ पटेलनगरका अग्निपीडित परिवारहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

बुटवलमा जेठ १२ गतेदेखि १६ गतेसम्म मोबाइल मेला गर्ने

चन्द्रकान्त खनाल, रुपन्देही, १५ बैशाख । बुटवलमा जेठ महिनामा मोबाइल मेला हुने भएको छ । गत वर्ष बुटवलमा पहिलो पटक मोबाइल मेला आयोजना गरेको उद्योग वाणिज्य संघ अन्तर्गतको मोबाइल वस्तुगत समितिले यस पटक पनि मेला आयोजना गर्न

टाईगर बु्रअरी ईण्डष्ट्रिमा आगलागी, करोडौंको क्षति

चन्द्रकान्त खनाल, रुपन्देही, १५ बैसाख । रुपन्देहीको सौ–फसाटिकारमा रहेको टाईगर बु्रअरी ईण्डष्ट्रि प्रा.लि.मा बिहीबार आगलागी भएको छ । विद्युत्त भोल्टेजका कारण कम्प्रेसर मेशिन र जेनेरेटर मोटर सर्ट हुँदा आगलागी भएको फ्याक्ट्रीले जनाएको छ ।

स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना

दिनेश ठाकुर, नेपालगन्ज, १५ बैशाख । नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य जीवन शर्माले आफ्नी आमा बेलमती शर्माको नाममा घोषणा गरेको बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापनाका लागि नगद रकम हस्तान्तरण गरेका छन् ।

फोरम नेपालको तीनवटा वडाहरुको भेला सम्पन्न

कलैया, १५ बैशाख । संघीय समाजवदी फोरम नेपाल कलैया उपमहानगरपालिकाको तीन वटा वडाहरुको भेला बिहीबार सम्पन्न भएको छ । पार्टीको निर्धारित कार्यक्रम अनुसार संगठन सुदृढिकरण तथा बिस्तार अभियान अन्तर्गत वडाहरुको भेला सम्पन्न भएको हो ।

निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १५ बैशाख । निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबीच आगामी स्थानीय तहको निर्वाचन अनुगमन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अग्निपरीक्षामा मधेशी दल

मधेशवाणी डेस्क, काठमाडौं, १५ बैशाख । संसदभित्रका मधेशवादीहरूका लागि अहिले अग्निपरीक्षाको समय रहेको छ । विगतमा मधेशवादी दलहरूले गरेको कमी कमजोरीहरूलाई सुधार्नका लागि ६ दलबीच भएको एकीकरणपश्चात् गठित राष्ट्रिय जनता पार्टी नेपालको सामु चुनौती र अवसर दुवै रहेको छ ।

राजपासँग चुनाव र संघर्ष दुवैमा सहकार्य हुन्छ : यादव

काठमाडौं, १५ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालसँग चुनाव र संघर्ष दुवैमा सहकार्य हुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

माथिको आदेश नआएको भन्दै डा. राउत प्रहरी नियन्त्रणमा

राकेश यादव, रौतहट, १४ बैशाख । रौतहट जिल्ला अदालतबाट साधारण तारीखमा रिहा भएका स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा. सीके राउतलाई रौतहट प्रहरीले अझै हिरासतमुक्त गरेको छैन ।

डा.सीके राउत रिहा, अदालत परिसरमै गुञ्जियो स्वतन्त्र मधेशको नारा

राकेश यादव, रौतहट, १४ बैशाख । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत साधारण तारेखमा रिहा भएका छन् । रौतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश लक्ष्मीराम ढुङ्गानाको एकल इजलासले राज्यविरुद्धको संगठित अपराध मुद्दाका आरोपित डा. राउतलाई

यज्ञभूमी ईलाकबाट अवैध मदिरा नष्ट

धिरेश दत्त, जनकपुरधाम, १४ बैशाख । चुनावी सुरक्षालाई मध्य नजर गर्दै धनुषाधाम नगरपालिका वडा नम्बर ९ धरापानी, यज्ञभूमी स्थित ईलाका प्रहरी कार्यलय ढल्केबर अनर्तगत धरापानी चौकीका ईन्सपेक्टर माधव

सामुदायिक विद्यालयमा सिभिल ईन्जिनियरिङ्ग अध्ययनका लागि आकर्षण बढ्दो

चन्द्रकान्त खनाल, रुपन्देही, १४ बैशाख । गुल्मीका जम्मा तिन वटा सामुदायिक विद्यालयहरुमा सरकारले प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ । अघिल्लो वर्षसम्म प्राविधिक शिक्षामा यी तिन विद्यालयहरुमा विद्यार्थीको संख्या केहि कम देखिए पनि यस शैक्षिक सत्र देखि विद्यार्थीहरुको आकर्षण बढ्दो देखिएको छ ।

आईसीपी आयोजना अलपत्र

भैरहवा, १४ वैशाख । सुनौली भैरहवा नाकामा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) आयोजना अलपत्र परेको छ ।

चितुवाको आक्रमणमापरि घाइते

जनकपुर, १४ वैशाख । चितुवाले आक्रमण गर्दा बुधबार जनकपुर १७ कटरैतका सातजना घाइते भएका छन् । चितुवाले गाउँलेलाई आक्रमण गर्न थालेपछि स्थानीयले मारेका हुन् ।

जिल्ला प्रशासनमा मुद्दा दायर

विराटनगर, १४ वैशाख । उपभोक्ता अधिकारसँग सम्बन्धित मुद्दा सुरुमै कमजोर बनाएर जिल्ला प्रशासनमा दायर गरिँदा जनस्वास्थ्यमा खेलवाड गर्नेलाईसमेत जनअपेक्षा अनुसारको कारबाही हुने नगरेको पाइएको छ ।

सुस्त गतिमा विकास आयोजना

जनकपुर, १४ वैशाख । जनकपुरमा हाल सञ्चालित एकीकृत सहरी विकास आयोजनाको काम सुस्त हुँदा नगरवासीलाई सास्ती भएको छ ।

राज्यद्वारा नै मानवअधिकारको उल्लंघन भइरहेको छ : डा.सीके राउत

राकेश यादव, रौतहट, १३ बैशाख । स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा. सीके राउतले नेपालमा राज्यले नै मानव अधिकारको खुल्लेआम उल्लंघन गरिरहेको आरोप लगाएका छन् ।

निर्वाचन आयोगलाई मधेशी दल एकीकरणको जानकारी

काठमाडौं, १३ बैशाख । ६ मधेशवादी दलहरु एकीकरण भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी,

आम सञ्चार माध्यमको अनुगमनको जिम्मा प्रेस काउन्सिललाई

काठमाडौं, १३ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७४ मा आम सञ्चार माध्यमको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिल, नेपाललाई दिने निर्णय गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com