अन्तराष्ट्रिय

कांग्रेस नेता महत र भाजपाका महामन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत र भारतीय जनता पार्टीका महामन्त्री राममाधवबीच शनिबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

पाकिस्तान : प्रधानमन्त्री पदका लागि अयोग्य भन्दै नवाज सरीफलाई कार्यालय छोड्न अदालतको निर्देशन

पाकिस्तान । प्रधानमन्त्री पदका लागि अयोग्य घोषणा गर्दै पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरीफलाई तत्काल कार्यालय छोड्न पनि निर्देशन दिएको छ ।

भारतको १४औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित

नयाँदिल्ली । भारतको १४ औं राष्ट्रपतिमा भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाए ।

एनआरएनको नेतृत्वमा पुग्न अमेरिकी डायस्पोरालाई गरियो विभाजन

वासिङ्टन डिसी, अमेरिका । डायस्पोरामा रहेका नेपालीभाषीहरुलाई जोड्ने साझा संस्थाका रुपमा स्थापना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएन)लाई दिनानुदिन नेपाली राजनीतिक दलको भ्रातृ संगठनबीचको प्रतिस्पर्धा गर्ने थलो बनाउन थालिएको छ ।

नेपाली उत्पादनहरुले भारतमा सहज प्रवेश पाउनुपर्नेमा राजदूत उपाध्यायको जोड

दिल्ली, २८ असार । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकारको विषय भएको बताएका छन् । दिल्लीस्थित नेपाली दूतावास र भारतको थिङ्क ट्याङ्क इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसले भारतको आन्ध्र प्रदेशस्थित

अमेरिकी एनआरएन कांग्रेस र एमालेमा कित्ताकाट

न्यूयोर्क । मेम्बरसिप भेरिफिकेसनको लामो विवादलाई चिर्दै निर्वाचन समितिले अमेरिकी एनआरएन निर्वाचनको आगामी सन् २०१७/१९ कार्यकालका लागि निर्वाचन कार्यक्रम तय गरेको छ । आगामी अगष्ट महिनाको ११ र १२ तारिख निर्वाचन तय गरेसँगै

नयाँ पुस्तामा एनआरएनप्रति बढ्दो चासो

वासिङ्टन डिसी, अमेरिका । गैरआवासीय नेपाली संघ, अमेरिकाको आँकडाअनुसार अढाई लाख आप्रवासी नेपाली भनिएको अमेरिकामा पछिल्ला वर्ष एनआरएन मजबुत र संस्थागत हुन थालेको पूर्व नेतृत्व तथा स्वतन्त्र व्यक्तिहरुले बताएका छन् ।

एन्टाको चौथों सम्मेलन धुमधामका साथ सम्पन्न

अमेरिका (न्यूयोर्क) । अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन धुमधामका साथ न्यूजर्सीमा सम्पन्न भएको छ ।

युरोपमा पहिलो पटक साकेला पर्व मनाउने

दिेनेश गौतम(हरिजन), जिरा (युरोप) । युरोपमा बस्ने नेपाली राईहरुको महान चाड साकेला पर्ब आउँदो बैशाख ३१ गते अर्थात् माई १४ तारिखका दिन निकोसियामा भब्यताका साथ मनाउने भएका छन् ।

“मधेशका लागि शान्ति र समृद्धि“ मूल नाराका साथ एन्टाको सम्मेलन हुँदै

अमेरिका (न्यूयोर्क) । ‘मधेशका लागि शान्ति र समृद्धि’ मूल नाराका साथ अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा) को सम्मेलन हुन लागेको छ । आगामी

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता

बेइजिङ (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको बताएका छन् ।

फोरम नेपाल पर्साका अध्यक्ष यादव र भारतीय गृहमन्त्री सिंहबीच औपचारिक भेटघाट

नयाँदिल्ली । भारतका गृहमन्त्री राजनाथ सिंह र गृहराज्य मन्त्री किरण रिज्जूसँग दिल्लीमै भारत–नेपाल मैत्रीलाई लिएर एक शिष्टमण्डलले शुक्रबार चैत ११ गते औपचारीक भेटघाट गरेको छ ।

होलीमय न्यूयोर्क : मधेशीहरु अमेरिकामा धुमधामका साथ होली मनाउने

न्यूयोर्क (अमेरिका) । जहाँ रहे पनि आफ्नो मातृभूमि र धर्म–संस्कृति बिर्सनु हुँदैन, त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने भनाईलाई आत्मसात गर्दै अमेरिकामा रहेका मधेशीहरु धुमधामका साथ होली बनाउने भएका छन् ।

न्यूयोर्क निवासी मुनाको सहयोगमा काठमाडौंमा स्वरोजगार तालिम

न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ । लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ

हृदयघातका कारण बालीवुड अभिनेता ओम पुरीको निधन

नयाँदिल्ली (भारत) । बालीवुडका चर्चित अभिनेता ओम पुरीको हृदयघातका कारण मृत्यु भएको छ । अभिनेता पुरीको ६६ वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातबाट मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिका : ‘मधेशी एसोसिएसन इन अमेरिका (मा)’ गठन

अमेरिका । अमेरिकामा बस्ने मधेशीहरुले ‘मधेशी एसोसिएसन इन अमेरिका (मा)’ नामक संस्थाको घोषणा गरेका छन् । मधेशी एसोसिएसन इन अमेरिका (मा) एउटा गैरमुनाफा र गैरराजनीतिक संस्थाको रुपमा अमेरिकी मधेशीहरुले गठन गरेको जनाइएको छ ।

विद्यार्थी नेताहरुलाई दिल्लीमा भव्य स्वागत

नयाँदिल्ली (भारत) । नेपाली विद्यार्थीहरुको टोलीलाई भारतको राजधानी नयाँदिल्लीमा भव्य स्वागत गरिएको छ । भारतको इन्दोरमा हुन गइरहेको अखिल भारतीय विद्यार्थी परिषदको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नयाँदिल्ली पुगेका नेपाली विद्यार्थी टोलीलाई

अमेरिका : पृथ्वी जयन्ती मनाउने विषयमा मधेशी र आदिवासी जनजातिको विरोध

अमेरिका । पृथ्वी जयन्ती मनाउने विषयले गैर आवासीय नेपाली संघ–अमेरिका विवादमा तानिएको छ । आगामी सन् २०१७ देखि संयुक्त राज्य अमेरिकामा पृथ्वी जयन्ती संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा गरेपछि एनआरएनए–अमेरिका विवादमा तानिएको हो ।

राष्ट्रपति ओबामाद्वारा नेपाल ग्राह्यता कार्यक्रम कार्यान्वयन सम्बन्धी घोषणामा हस्ताक्षर

वाशिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि ट्रेड प्रेफरेन्स (व्यापार ग्राह्यता) कार्यक्रम सिर्जना गर्ने ट्रेड फेसिलिटेसन एण्ड ट्रेड इन्फोर्समेन्ट एक्ट अफ २०१५ (टिएफटिईए), अर्थात् २०७३ सालको व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनमा मङ्सिर ३० गते हस्ताक्षर गरेका छन् ।

विश्वका सर्वाधिक जोखिममा रहेका बालबालिकाको क्षेत्रमा अविश्रान्त युनिसेफका ७० वर्ष

न्यूयोर्क । युनिसेफ स्थापनाको ७०औं वार्षिकोत्सवको आजको अवसरमा विश्वभरका बालबालिकाका लागि ठूलो प्रगति भएकोमा खुशीको अवस्था छ । तथापि, विश्वभर जारी द्वन्द्व, संकट, गरिबी, असमानता र विभेदबाट जीवन र भविष्य नै खतरामा रहेका

तालिमनाडुकी मुख्यमन्त्री जयललिताको निधन

तामिलनाडु (भारत) । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार मध्यरात १२ बजेट निधन भएको छ । उनलाई आईतबार हृदयघातका कारण अस्पताल भर्ना गरिएको थियो । सोमबार राति एपोलो अस्पतालले उनको निधन भएको

रौतहटका बसन्त कुशवाहालाई युएईमा अवार्ड

विनोद पासवान, कार्तिक, १४ यु.ए.ई. । मध्यपूर्वका विभिन्न देशका अन्तर्राष्ट्रिय होटेलहरुको संगठन Hotelier Middle East ले विभिन्न विधामा उत्कृष्ट व्यक्ति छनौट गर्ने क्रममा The Middle East Hospitality Excellence Awards 2016 बाट Hotel Engineer of the Year को लागि केम्पिन्स्की होटेल, अजमान (यु.ए.ई.) का इन्जिनियरिङ्ग विभाग प्रमुख बसन्त कुमार कुसवाहालाई सम्मानित गरेको छ ।

विकासका मुद्दामा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्छ : भारतीय प्रम मोदी

गोवा (भारत), १ कार्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विकासका मुद्दामा नेपाल र भारतबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाली र भारतीय प्रतिनिधि मण्डलबीचको भेटबार्ता

आतंकवाद र अतिवादी सोच बिम्स्टेक देशहरुको साझा चुनौती : प्रम प्रचण्ड

गोवा (भारत), १ कार्तिक । भारतको गोवामा सम्पन्न ब्रिक्स र बिम्स्टेक देशहरुको संयुक्त बैठकलाई नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै आतंकवाद र अतिवादी सोच बिम्स्टेक मुलुकहरुको साझा

१०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न

गोवा (भारत), १ कार्तिक । १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन आइतबार सम्पन्न भएको छ । घोषणापत्रमा भारतले ब्रिक्सको पहिलो व्यापार सम्मेलन भारतमा गर्ने पहल लिएको र यसले ब्रिक्स

नयाँदिल्लीमा नेपाली एकता मञ्चको गोष्ठी

नयाँदिल्ली, १२ असोज । महिला बेचबिखनका कारण र निदानबारे नयाँदिल्लीमा अखिल भारत नेपाली एकता मञ्चले अन्तरक्रिया गरेको छ । कार्यक्रममा महिला बेचबिखन रोक्न र यसलाई नियन्त्रण

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com