समाचार

‘ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा’ नारासहित वृक्षरोपण अभियान सुरु

बुटवल, २७ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वृक्षरोपण सप्ताह सुरु भएको छ । ‘ग्रिन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्ने गरी हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण सप्ताह आयोजना गरेको हो ।

मधेशको विकासका लागि तीन अर्ब ५२ करोडको विशेष योजना : मन्त्री महासेठ

जनकपुरधाम, २६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकार मधेश विरोधी नभएको बताएका छन् ।

औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौं, २६ साउन । नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ ।

युवाहरुद्वारा ज्येष्ठ नागरिक केन्द्रमा टिभी जडान

कञ्चनपुर, २६ साउन । कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा स्थानीय युवाले पकेट खर्च जोगाइ एलइडी टेलिभिजन जडान गरेका छन् ।

टिपरको ठक्करबाट एक जनाको मृत्यु

धनुषा, २६ साउन । धनुषामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–५ नौ सय बिगाहाका २६ वर्षीय उमेश दासको मृत्यु भएको हो ।

लागुऔषधसहित पाँच पक्राउ

रत्ननगर, २६ साउन । चितवन प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–३ न्यूरोडबाट पक्राउ परेका उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

डुबेर वृद्धको मृत्यु

लहान, २६ साउन । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने

फोरमकै कारण जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता : सांसद यादव

वीरगंज, २६ साउन । संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले फोरम नेपालकै संघर्षका कारण आज जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले बंशजको नागरिकता पाउने निश्चित भएको बताएका छन् ।

गौर नगरपालिकाको छुट्टै सुरक्षाकर्मी

राकेश यादव, रौतहट, २५ साउन । गौर नगरपालिकाले नगरवासी र कार्यालयको सुरक्षाका लागि तालिम प्राप्त नगर प्रहरी तयार गरेको छ । नगर क्षेत्रमा हुने विभिन्न किसिमका सुरक्षा कार्यको साथै कार्यालयको रक्षाका लागि नगर प्रहरी तयार गरिएको हो ।

तिलाठी कोइलाडीमा शतप्रतिशत विद्यालय भर्ना

राजविराज, २४ साउन । सप्तरी तिलाठी कोइलाडी गाउँपालिकालाई शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक (जिरीया हटिया)मा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।

मिर्चैयामा हतियार देखाएर २५ लाख ६० हजार नगद लुटियो

लहान, २४ साउन । सिरहाको मिर्चैया नगरपालिका¬–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले बिहीबार हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् ।

हिन्दू राष्ट्र नेपाल सम्पूर्ण नेपालीहरुको पहिचान हो : अध्यक्ष पटेल

वीरगंज, २४ साउन । हिन्दू राष्ट्र नेपाल सम्पूर्ण नेपालीहरुको पहिचान रहेको हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले बताएका छन् ।

मुटु अस्पताल बुटबलबाट हजारभन्दा बढी सर्वसाधारणले निशुल्क उपचार

चन्द्रकान्त खनाल, रुपन्देही, २४ साउन । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा १ हजार १ सय ५९ जना गरिब तथा विपन्न वर्गका विरामीले निशुल्क उपचार सेवा लिएका छन् ।

नेपालले भारतबाट ९ लाख ३५ हजार मेट्रिकटन मल किन्ने

काठमाडौं, २४ साउन । नेपालले भारत सरकारसँग ५ वर्षका लागि रासायनिक मल खरिद गर्न प्रस्ताव पठाएको छ । भविष्यमा मल अभावको अवस्था आउन नदिन नेपालले पहिले नै सरकारी स्तरबाट हुने खरिदका लागि मलको विवरण भारत पठाइएको हो ।

हामीले तयार पारेको प्रतिवेदनलाई अन्तर्राष्ट्रियकरण गर्छौं : ज्ञानेन्द्र कुमार यादव (अन्तर्वार्ता)

हामी प्रदेश २ का जनताको जनप्रतिनिधि हौं । जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुन्छ । त्यसैले हामीले ल्याउने प्रतिवेदन सत्यतथ्य र कोही पनि पीडित नहोस्, कसैमाथि अनावश्यक आरोप नलागोस्, दण्डहीनता पनि नमौलाओस् भन्ने खालको प्रतिवेदन ल्याउँछौं 

संघीयतालाई सफल कार्यान्वयनको पक्षमा हामी उभिएका छौं : यादव

जनकपुरधाम, २४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रचण्ड बहुमत प्राप्त ओली नेतृत्वको सरकारलाई संविधान संशोधनको प्रतिबद्धता अनुसार समर्थन गरे पनि सरकार त्यस स्प्रिटभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।

मधेशवाणी पुनः ‘क’ वर्गमा

काठमाडौं, २४ साउन । राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित रही विगत १४ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको राष्ट्रिय साप्ताहिक मधेशवाणी पुनः ‘क’ वर्गमा पर्न सफल भएको छ ।

विश्व बैंकले नेपाललाई १० अर्ब ऋण सहयोग दिने

काठमाडौं, २३ साउन । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ ।

झापालाई माछामा आत्मनिर्भर बनाउने विर्तामोड नगर प्रमुखको प्रयास ‘हेभन वाटर पार्क’

भद्रपुर, २३ साउन । ‘हेभन वाटर पार्क’ मा उत्पादन हुने माछाको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । झापा विर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीद्वारा सञ्चालित यो पार्क माछा पाल्न चाहने कृषकका लागि नमूना नै बनेको छ ।

लुम्बिनीमा भारतीय पर्यटकमा वृद्धि

काठमाडौं, २३ साउन । बुद्वको जन्मस्थल लुम्बिनी आउने भारतीय पर्यटकको संख्या बढ्दै गएको छ । लुम्बिनीको विषयमा भारतमा फरक खाले धारणा रहे पनि पछिल्लो पाँच वर्षयता लुम्बिनी आउने भारतीय संख्या बढ्दै गएको छ ।

ईपीजी प्रतिवेदन बुझाउन ढिलाइ

काठमाडौं, २३ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यव्यस्तताका कारण प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन कहिले बुझाउने भन्ने टुंगो लाग्न सकेको छैन ।

नेपाल र भारतका उच्च सुरक्षाअधिकारीहरुको बैठक नयाँ दिल्लीमा

काठमाडौं, २३ साउन । नेपाल र भारतको सीमा क्षेत्रमा हुने सीमा सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल गर्न दुवै मुलुकका उच्च सुरक्षाअधिकारीहरुको बैठक नयाँ दिल्लीमा सुरु भएको छ ।

लागूऔषधसहित ओली पक्राउ

लहान, २३ साउन । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट बुधबार बिहान एक युवकलाई पक्राउ गरेको छ ।

सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विज्ञको सुझाव

चितवन, २३ साउन । सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन् । उनीहरुले सर्पले डसेको अङ्गलाई नचलाई जतिसक्दो छिटो अस्पताल पु¥याउनु नै उत्तम उपाय भएको बताएका छन् । वर्षात्को मौसम भएकाले सर्प बढी मात्रामा बाहिर निस्कने गर्दछ । खेतबारी र झाडीमा

‘बोलबम’ यात्रामा गएका एकको मृत्यु

महोत्तरी, २३ साउन । भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

प्रसौनी गाउँपालिका बेलहियाको वडासमितिले फर्जी काम गरेको आरोप

अनिल गुप्ता, बारा, २३ साउन । प्रसौनी गाँउपालिका वडा नम्बर ६ टोल बेलाहीमा चापाकलको शीर्षकमा वडासमितिले फर्जी काम गरेको रहस्य खुलेको छ । गाँउपालिकाका प्रमुख भोला प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीसहितको

भोजपुरी टाइम्स दैनिकको चौथो वार्षिकोत्सव सम्पन्न

वीरगंज, २३ साउन । प्रदेश २ का प्रदेशसभा सदस्य अब्दुल रहिम अंसारी (मञ्जुर)ले पहिचान र संघीयताका लागि भएको ऐतिहासिक मधेश आन्दोलनमा यहाँका सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com