समाचार

मधेश आन्दोलनका थप दुई शहीदपत्नीलाई महानगरमा नियुक्ति प्रदान

वीरगन्ज, ३ बैशाख । वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका शहिद दिनानाथ साह गोढकी श्रीमती सोनी देवी साह र शहीद दिपेन्द्र साह तेलीकी श्रीमती सीता देवी साहलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

रुपन्देही, ३ बैशाख । रोहीणी गाउँपालिका–३ स्थित सडकमा लु।२६ प ४२०३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नवलपरासी पाल्हीनन्दन गाउँपालिका–८ बस्ने ८ बर्षीय सोनु बरामलाई सोमबार ठक्कर दिएको थियो ।

सैनिक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ

काठमाडौं, ३ वैशाख । काठमाण्डौको शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा वैशाख ०३ गते सि.सं.२५ कमाण्ड तथा स्टाफ तालिमको बलाध्यक्ष रथी हेमन्त राज कुँवरले एक विशेष समारोहकाबीच शुभारम्भ गरेका छन् ।

कलकत्तामा नेपाल भवन बन्दै

काठमाडौं, ३ वैशाख । भारतको पश्चिम बंगालको कलकत्तामा बस्ने नेपालीहरूले ‘नेपाल भवन’ बनाउने लक्ष्य लिएका छन् ।

गाडी दुर्घटना एक जनाको मृत्यु

रौतहट, ३ बैशाख । रौतहटको वीरेन्द्रराजमार्ग गौर चन्द्रनिगाहपुर सडक खण्ड राजपुर तुल्सी नजिक गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश २ को बजेट बुधबार

जनकपुर, ३ वैशाख । प्रदेश २ सरकारले बैशाख ५ गते बुधबार चालू आर्थिक वर्षको बाँकी तीन महिनाका लागि बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७४/०७५ सक्न मात्र तीन महिना बाँकी रहेको सन्दर्भमा सरकारले तीन महिनाका लागि मात्र ल्याउन लागेको हो ।

मैथिली साहित्यकार तथा गायक पुरस्कृत

सुनसरी, ३ बैशाख । सुनसरीको दुहवी नगरपालिकामा आइतबार मैथली भाषाका गायक रामा मण्डल र स्थानीय समाजसेवी तथा मैथली भाषी साहित्यकार गुलावचन हलुवाइलाई गणपतीदेवि लखनराम अग्रहरी पुरस्कार प्रदान गरिएको छ ।

आगलागीबाट दुई घर नष्ट

उदयपुर, ३ वैशाख । उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।

ध्यानको कमीले मनुष्यमा तनाव : गिरी

वीरगन्ज, ३ बैशाख । ओशो जागरण राष्ट्रिय अभियान मेची – महाकाली अध्यात्मिक यात्रा टोलीले होटल भिस्वाको सभाहलमा स्थानिय बुद्धिजिवी, समाजसेवी, भद्रभलादमी तथा सन्यासीहरुबिच ओशोको मार्गदर्शन र समाजको आवश्यकता बारे बिशेष साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ ।

कृषि अनुदान अब सिधै किसानको हातमा पुग्ने : मन्त्री खनाल

कपिलवस्तु, २ बैशाख । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि अनुदान अब सिधै किसानको हातमै पुग्ने दाबी गरेका छन् । उनले सरकारले उपलब्ध गराउँदै आएको अनदान वास्तविक किसानसम्म नपुगेको दाबीसमेत गरेका छन् ।

प्रदेश २ को पूर्वाधार विकासप्रति सरकार गम्भीर : मन्त्री महासेठ

वीरगन्ज, २ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकार प्रदेश नं २ को पूर्वाधार विकासप्रति गम्भीर रहेको बताएका छन् ।

मोरङमा खाल्डोमा डुबेर बालकको मृत्यु

विराटनगर, २ बैशाख । मोरङको रतुवामाई नगरपालिका–२ मा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय बालक आवेदसिंह गनगाई रहेको प्रहरीले जनाएको छ ।

प्रदेश ५ सरकारले ल्याएको बजेटमाथि ८ सांसदद्वारा छलफल बजेट गाउँपालिकाको जस्तो

चन्द्रकान्त खनाल, रुपन्देही, २ बैशाख । प्रदेश ५ सरकारले ल्याएको बजेटमाथि संसदभित्र आठ जना प्रदेश सांसदले बिचार राखेका छन् ।

रौतहटको दुई ठाउँमा आगलागी, १० लाखभन्दा बढीको सम्पति नष्ट

राकेश यादव, रौतहट, २ बैशाख । तराईमा गर्मीको साथै सुख्खा मौसम सुरू हुन साथ आगलागीका घटनाहरुमा बृद्धि हुन थालेका छन् । रौतहटमा आगलागीको दिनप्रति बढ्दै गएको छ ।

संविधान संशोधनबिना मधेशको विकास असम्भव : मन्त्री साह

चन्दनकुमार यादव, राजविराज, २ बैशाख । प्रदेश २ का भूमि, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले संविधान संशोधन भएसँगै मधेशको विकासमा गति लिने विश्वास व्यक्त गरेका छन् ।

कर्णालीको विकासका लागि आधुनिक ढंगले बश्ती विकास गर्नुपर्छ : प्रम ओली

सुर्खेत, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आइतबार आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान

सिरहामा जनचेतनामूलक अभियान सुरु

सिरहा, २ बैशाख । जिल्ला प्रहरी कार्यालयले सिरहामा तीनमहिने जनचेतनामूलक अभियान सुरु गरेको छ । ‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले अभियान सञ्चालन गरेको हो ।

जुडशीतल मनाइँदै, के हो जुडशीतल

जनकपुरधाम, २ बैशाख । नयाँ वर्ष शुभारम्भको रुपमा तराई–मधेशमा जुडशीतल मनाइँदैछ । माटोको हिलो एक अर्कालाई लगाएर मनाइने मिथिलाञ्चलको प्रमुख पर्व जुडशीतल हर्षोल्लासका साथ मनाइँदैछ ।

आपसी समानता र सहमतिको आधारमा पार्टी एकता हुने : खनाल

विराटनगर, १ बैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आपसी समानता र सहमतिको आधारमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता हुने बताएका छन् ।

धनगढीमा ‘मेरो वर्ष २०७५ अभियान’

कैलाली, १ बैशाख । प्रदेश नं ७ को धनगढीबाट ‘मेरो वर्ष २०७५ अभियान’ सुरु भएको छ । शनिबार मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । सामाजिक विकास मन्त्रालयको परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले

सामाजिक परिचालक कर्मचारी संघको अध्यक्षमा ठाकुर

जलेश्वर, १ बैशाख । नेपाल सामाजिक परिचालक कर्मचारी संघ महोत्तरीको पहिलो जिल्ला अधिवेशनले परमेश्वर ठाकुरको अध्यक्षतामा सर्वसम्मतिले १७ सदस्यीय समिति चयन गरेको छ ।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

पर्सा, १ बैशाख । पटेर्वासुगौली गाउँपालिका–१ स्थित पर्सा बन्यजन्तु आरक्षण भित्र रहेको दुधेश्वर नाथ महादेब मन्दिर नजिक जंगली हात्तीले आक्रमण गर्दा शुक्रबार २ जनाको मृत्यु भएको छ भने १ जना भाग्ने क्रममा घाइते भएका छन् ।

मोटरसाइकल ग्यारेजमा आगलागीबाट क्षति

रौतहट, १ बैशाख । यमुनामाई गाउँपालिका–१ सुकदेब चोक स्थित रामनरेश पण्डितको मोटर साईकल ग्यारेजमा जेनेरेटर सर्ट भई शनिबार आगलागी हुदाँ जेनेरेटर, हावा हाल्ने ट्याङ्की र अन्य सामान

आगलागीबाट १४ घर र पाँच चौपाया जल्यो

बारा, १ बैशाख । महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा आगलागी हुँदा १४ वटा घर जलेर नष्ट भएका छन् भने पाँच वटा चौपाया मरेका छन् । स्थानीय भजन रामको घरबाट सल्लकेको आगोबाट

डुबेर युवकको मृत्यु

कपिलवस्तु, १ बैशाख । बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका

अनिको संसारको साथीद्वारा शैक्षिक सामाग्री वितरण

पोखरा, १ बैशाख । पोखराको ड्यामसाइडस्थित अनिको नामक संस्थाले पोखरा आसपासका रहेका ६० जना छात्र–छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । ड्यामसाइड स्थित आफ्नै कार्यालयमा एक विशेष औपचारिक कार्यक्रम गरी कपी, कलम, झोला, जुत्ता लगायतका शैक्षिक सामाग्री

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com