प्रदेश प्रमुखले गरे शपथ ग्रहण

प्रदेशसभा सदस्यले आइतवार सपथ लिने

समाचार

       

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई शुक्रवार पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएका हुन् ।
राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ल छन् ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुख उपस्थित थिए ।

प्रदेशसभा सदस्यलले आइतवार सपथ खाने 

यसैबीच, प्रदेशसभा सदस्यको सपथ ग्रहण भने आइतवारलाई तय गरिएको छ । 

तपाईको प्रतिक्रिया