दिल्लीमा ८ महिने शिशुलाई बलात्कार, स्वास्थ्य अवस्था गम्भीर

विश्व

एजेन्सी

    २०७४ माघ १६ गते प्रकाशित   

दिल्ली — भारतको राजधानी दिल्लीस्थित शकुर बस्तीमा एक ८ महिने शिशुलाई नातामा दाइ पर्ने एक २८ वर्षे युवकले बलात्कार गरेको घटना सार्वजनिक भएसँगै दिल्लीका स्थानीय पुन: आक्रोशित भएका छन् ।

तस्बिर स्राेत : हिन्दुस्तान टाइम्स

आइतबार भएको उक्त घटनापश्चात् शिशुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ। उनको अवस्था निकै गम्भीर रहेको प्रहरीले बताएको छ। घटनाका आरोपी युवकलाई प्रहरीले सोमबार नै पक्राउ गरिसकेको छ।
 
बच्चीलाई छोरीको साथमा छोडेर काममा गएका आमाबुवा फर्कंदा छोरीलाई रक्ताम्य अवस्थामा देखेपछि अस्पताल लगेका थिए। अस्पतालले बलात्कार भएको यकिन भएपछि प्रहरीलाई खबर गरेको थियो। युवकले बच्चीसँग खेल्ने भन्दै उनीहरु बस्दै आइरहेको भवनको सुनसान कुनामा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आरोपीले अपराध स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ।
 
भारतकाे राष्ट्रिय अपराध तथ्यांक विभागको तथ्यांक अनुसार २०१६ मा बालबालिकालाई गरिने बलात्कारको घटनामा ८२ प्रतिशतले बढोत्तरी भएको छ। २०१५ मा १०,८५४ केस रिपोर्ट भएकोमा २०१६ साे संख्या बढेर १९,७६५ पुगेकाे छ।
समाचार श्रोत: कान्तिपुर

तपाईको प्रतिक्रिया