आजकै दिन यसरी भएको थियो महात्मा गान्धीको हत्या

विश्व

एजेन्सी

    २०७४ माघ १६ गते प्रकाशित   

एजेन्सी - आज भारतका राष्ट्रिपिताको उपाधि पाएका महात्मा गान्धीको पूण्यतिथि हो । उनको ३० जनावरी १९४८ मा नाथुराम गोड्सेले हत्या गरेका थिए ।

हत्याको अघिल्लो दिन गोड्सेले पुरानो दिल्ली रेल्वे स्टेशन नजिकका आफ्ना दुई साथीहरु नारायण आप्टे र विष्णु करकरेको साथमा वेटिङ कक्षमा रात बिताएका थिए । हत्या गर्ने दिन गोड्सेलाई एकदमै धेरै बदाम खान मनलागेको थियो र उनले खाएका पनि थिए ।

त्यस दिन करिब सवा चार बजे गोड्से र उनका साथी घोडागाडाबाट कनोट प्लेसका लागि निस्किएका थिए । त्यहाँबाट पुनः दोस्रो गाडामा उनीहरु बिंडला हाउसका लागि चढे तर त्यहाँ पुग्नुपूर्व दुईसय गज अघि उनीहरु उक्त गाडाबाट ओर्लिएका थिए । र, त्यहाँबाट उनीहरु पैदल नै बिंडल हाउस गएका थिए ।

अर्कोतर्फ त्यसदिन महात्मा गान्धीलाई आफ्नो प्रार्थना सभामा पुग्न दश मिनेट ढिलो भएको थियो । उनी चप्पल लगाएर सभास्थलका लागि निस्कदैं थिए त्यसैसमय नाथुराम गोड्से उनको सामून्ने आए र उनको अघि थोरै झुके । गान्धीको साथै हिडीँरहेका उनका सहयोगीले जब गोड्सेलाई त्यहाँबाट हटाउने प्रयास गरे तब गड्सेले ति सहयोगीलाई धक्का दिए । त्यसैसमय उनको हातको पुस्तक र माला भुँइमा झरेको थियो ।

जब त्यसलाई उठाउन गान्धी भुँइमा झुकेका थिए । त्यसैसमय गोड्सेले गान्धीको छाती र पेटमा तिन गोली प्रहार गरेका थिए । गोली लागेपछि गान्धी ‘राम राम’ भन्दै भुँइमा लडेका थिए ।

हत्या लगत्तै गोड्सेलाई पकडिएपछि त्यहाँ उपस्थित एकजना रघुनाथ नाम गरेका मालीले आफ्नो खुर्पाले गोड्सेको शिरमा प्रहार गरेका थिए र उनको शिरबाट रगत निस्किएको थियो ।

नाथुराम गोड्सेसँग जेलमा भेट्न गएका उनका भाइ गोपाल गोड्सेलाई उनले बताए अनुसार फायर गरेपश्चात उनले पेस्तोललाई दह्रोसँग पकडेर हात माथि उठाउँदै ‘पुलिस पुलिस’ भन्दै कराएका थिए । गोड्सेका अनुसार उनी उक्त हत्यालाई योजना बनाएर जानीबुझी गरेको भन्ने देखाउन चाहन्थे ।

तपाईको प्रतिक्रिया