यी थिए सबैभन्दा बढी हसाउने भारतीय सांसद्

विश्व

एजेन्सी

    माघ १७, २०७४   

बीबीसी
 

नयाँदिल्ली – सत्तरीको दशकमा पीलु मोदीले भारतको संसदमा जति हसाए त्यति सायद कसैल हसाँएका छैनन् । काँग्रेसका सांसद जेसी जैनको बानी के थियो भने  प्रायः उनी पीलु मोदीको भाषणमा बाधा पुर्याउँथे । एक दिन पीलुलाई रिस उठ्यो र उनले जैनलाई भने ‘स्टप बार्किङ’ अथवा भुक्न बन्द गर्नुहोस् ।

उनको भनाइ पछि जैनले आकास नै थर्काउन थाले, उनी जोडले कराएर ‘अध्यक्ष महोदय, यसले मलाई कुकुर भन्यो । यो असंसदीय भाषा हो ।’ त्यो समयमा सदनको अध्यक्षता गरिरहेका हिदायतउल्लाहले आदेश दिए ‘पीलु मोदीले जे भनेका भए पनि त्यो रेकर्डमा जाने छैन ।’

मोदी पनि कम थिएनन् । उनले भने– ‘अल राइट देन, स्टप ब्रेइङ्ग अर्थात यसरी बोल्न बन्द गर । ‘जैनलाई ब्रेइङ्ग शब्दको अर्थ थाह थिएन । यसकारण उनी चुप बसे । तर त्यो शब्द राज्यसभाको कारबाहीको रेकर्डबाट अहिलेसम्म हटाएको छैन ।

सत्तरीको दशकमा भारतमा जे गल्ती भइरहेको थियो, त्यसको आरोप अमेरिकी खुफिया एजेन्सी सीआईएलाई लगाउने फेसन बनेको थियो । पीलु मोदीले यता हेरे न उता हेरे । उनी एक दिन राज्यसभामा आफ्नो गलामा एक प्लेकार्ड झुण्डाएर गए, त्यसमा लेखेको थियो ‘आई एम अ सीआईए एजेन्ट ।’

पीलु मोदीलाई नजिकबाट चिन्ने पूर्वमन्त्री आरिफ मोहम्मद खाँ भन्छन्– ‘पीलुको खुबी के थियो भने उनी आफ्नो मजाक आफै गर्थे । वास्तविक हाँस्य त्यही हुन्छ जसले आफूलाई पनि छोड्दै । जब उनी सीआईएका एजेन्टको प्लेकार्ड गलामा झुण्डाएर संसद भवनमा आए, यसको पछाडिको उद्देश्य यही थियो ।’

तर पीलु मोदीको विनोदप्रियताको मतलब यो होइन कि उनमा गंभिर्यता थिएन ।

पीलु मोदीसँग नजिक रहेका वरिष्ठ पत्रकार विजय सांघवी सम्झन्छन्– ‘मेरो नजरमा उनी धेरै मनकारी थिए । उनीसँग असीम हास्यता र करुणा थियो तर पनि उनी राजनीतिलाई धेरै गम्भीर रूपमा हेर्थे ।

जब उनले आफ्नो पार्टीलाई लोक दलमा विलय गराए, उनले चौधरी चरण सिंहसँग भनेका थिए, चौधरी साहब हामीले सबैभन्दा पहिला गाउँमा सार्वजनिक शौचालय बनाउनुपर्छ । चौधरी हास्न थाले र भने पीलु तपाईंले के कुरा गरिरहनु भएको छ ? पीलुले भने चौधरी साहब तपाईं गाउँमा हुर्केको अवश्य हो तर तपाईंले एउटा कुरा ध्यान दिनुभएको छैन, त्यो के भने सार्वजनिक शौचालयको अभावमा भारतका गरिब महिलाहरूको शारीरिक बनाटमा जुन अन्तर आइरहेको छ, त्यो उनीहरूका लागि खतरानाक हुनसक्छ । त्यही समयमा चौधरी चरण सिंहलाई के लाग्यो भने यो मानिस गम्भीर रहेछ । चौधरी चरण सिंह प्रधानमन्त्री भएका बेला पीलु मोदीले एक पटक भनेका थिए, तपाईंका लागि भारत झाँसीसम्म मात्र हो । यसभन्दा पर त तपाईंलाई थाह नै छैन ।’

राजनीतिक रूपमा इन्दिरा गान्धीको विरोधी हुँदाहुँदै पनि व्यक्तिगत रूपमा दुवैले एकअर्कालाई राम्रो मान्थे । विजय सांघवी भन्छन्– ‘इन्दिरा र पीलु धेरै राम्रा साथी थिए । इन्दिरा गान्धी संसदमा पीलुले गरेको भाषण सुन्न छोड्दैन थिइन् । भाषण सुनेपछि प्रायः पीलुलाई हातले पत्र लेखेर तपाईंले धेरै राम्रो बोल्नुभयो भन्थिन् । पिल मोदी जवाफ पनि दिन्थे र पत्रको अन्त्यमा पीएम लेख्थे  ।
एक पटक दुवै जनाबीच हाँसो मजाक चलिरहेको थियो । पीलुले भने– ‘आई एम परमानेन्ट पीएम, यु आर ओन्ली टेम्परेरी पीएम । यस कुराले इन्दिरा गान्धी हास्न थालिन् । पीलु मोदीले भने पीएमका मतलत हो– पीलु मोदी ।’

आरिफ मोहम्मद खाँ भन्छन्– ‘सन् १९६९ मा काँग्रेस विभाजनको समयमा इन्दिरा गान्धी अक्सर पीलुलाई आपूm कहाँ बोलाउथिन् । पीलुले मलाई के भनेका थिए भने इन्दिरा गान्धीले स्लिप पठाएर एक हप्तामा तीन पटक आफ्नो संसदको अफिसमा बोलाएकी थिइन् । त्यो समयमा गान्धीको सरकार अल्पमतमा थियो । उनी काँग्रेस विभाजनका कारण केही विपक्षी दलहरूको सहयोग लिन चाहन्थिन् । उनले आफै चिया पकाएर पीलुलाई खुवाउँथिन् । पीलुले भने, जब तेस्रो पटक इन्दिरा गान्धीले बोलाइन्  तब उनी गएनन् । जब दुवैको भेट भयो, गान्धीले सोधिन् पीलु तपाईं किन आउनु भएन । पीलुले भने म जानी जानी नआएको हो, किनकि तपाईंको व्यक्तित्व यति अकर्षक छ कि म यदि तेस्रो पटक तपाईंलाई भेट्न आएको भए तपार्इंलाई समर्थन गर्थें । यो कुरा केवल पीलु मोदी मात्र भन्न सक्थे ।’
एक दिन पीलु मोदीले के थाह पाए भने संसदमा बहसको समयमा इन्दिरा गान्धी क्रसवर्ड पजल मिलाउँथिन् ।

विजय सांघवी भछन्– ‘इन्दिरा गान्धी जब चार बजे संसदमा प्रवेश गर्थिन् तब उनको हातमा साँझका समाचारको क्रसपर्ड पजल हुन्थ्यो । मेरो सिट पत्रकार दीर्घामा इन्दिरा गान्धीको ठीक अगाडि थियो, म माथिबाट उनी के गरिरहेकी छिन् भनेर प्रष्ट देख्थेँ । मलाई उनीसँग डाह लाग्थ्यो, किनकि मलाई पनि क्रसवर्ड पजल हल गर्ने धेरै शौख थियो । तर म पत्रकार दीर्घामा भएका कारण चार बजे बाहिर जान सक्दिन थिएँ । मैले पीलु मोदीलाई यो कुरा भने । उनले भने  अब यस्तो गरेमा तपाईं मलाई भन्नुस । अर्को पटक जब इन्दिरले क्रसवर्ड पजल हल गर्न सुरु गरिन् मैले माथिबाट इसारा गरेर पीलुलाई भनिहालेँ । पीलु अचानक उभिएर भने, ‘सर प्वाइन्ट अफ अर्डर स्पिकर संजीव रेड्डीले भने, ‘ह्वाट प्वाइन्ट अफ अर्डर । देयर इन नो म्याटर इन फ्रन्ट अफ द हाउस ।’

पीलुले भने, ‘के कुनै सांसद संसदमा क्रसवर्ड पजल हल गर्न सक्छ ?’ यो सुनेर इन्दिरा गान्धीका हात रोकिए । पछि उनले पीलुलाई नोट लेखेर सोधिन्, ‘तिमीले कसरी थाह पायौ ?’ पीलुले जवाफ दिए, ‘मेरा जासुस हरेक ठाउँमा छन् ।’

१९७५ मा आपतकालको समयमा विपक्षी नेताहरूलाई झैँ पीलु मोदीलाई पनि गिरफ्तार गरेर रोहतक जेलमा पठायो । त्यहाँ सबैभन्दा ठूलो समस्या थियो, ‘पीलु मोदीले चाहेजस्तो शौचालय ।’
पीलुलाई नजिकबाट चिन्ने सेमिनार पत्रिकाकी सम्पादक मालविका सिंह आफ्नो पुस्तक ‘परपेचआल सिटी ए सर्ट बायोग्राफी अफ डेल्ही’मा लेखेकी छिन्, ‘पीलु मोदीलाई २६ जुन १९७५ मा गिरफ्तार गरेर जब रोहत जेलमा पठाइयो, त्यहाँ पश्चिमी स्टाइलको कमोड नहुनु उनका लागि सबैभन्दा ठूलो समस्या थियो । उनले इन्दिरा गान्धीलाई एउटा सन्देश पठाएर आफ्नो समस्या भने । त्यही साँझ पार्टी गर्ने ठाउँमा दुवै तर्फबाट प्लेटफर्म बनाइयो, किनकि पीलुलाई शौचालय गर्न सजिलो होस् भनेर । इन्दिरा गान्धीको व्यक्तित्व अचम्मको थियो, उनी आफ्ना राजनीतिक विरोधीहरूलाई जेलमा हाल्दा पनि सधैँ उनीहरूको सम्पर्कमा रहन्थिन् ।’

रोहत जेलको एउटा रोचक किस्सा विजय सांघवी सुनाउँछन्– ‘नी पीलुको कुकुरलाई पनि उनीसँग भेटाउन जेल लिएर जान्थे । जब पीलु मोदीलाई जेलमा हालियो म उनका तीनवटा कुकुर उनलाई भेटाउन लैजान्थे । सबैभन्दा सानो कुकुरको नाम थियो छोटु । तीन कुकुर हेर्नमा खतरानाक थिए । जब कुकुर देख्थे, सबै सन्तरी भाग्थे । त्यसपछि पीलु र म कुरा गथ्र्यांै । मलाई अचम्म लाग्थ्यो, पीलु र उनका अन्य साथीलाई बाहिर के भइरहेको छ भन्ने सबै कुरा थाह हुन्थ्यो । म उनलाई खानाको साथै धेरै पुस्तक लगेर जान्थेँ ।’

पीलु मोदी धेरै पार्टी दिन्थे । मानिसहरू उनको पार्टीमा सहभागी हुनु आफूलाई भाग्यमानी सम्झन्थे । पत्रकार सुनिल सेठ्ठीले कैयाँै पटक उनको घरमा खाना खाने मौका पाएका थिए । सेठ्ठी सम्झन्छन्– ‘म सङ्कटकाल घोषणा हुनुभन्दा पहिला संसद हेर्थें । कैयौँ पटक मैले उनको अन्तर्वार्ता गरेको थिएँ । एक दुई पटक खाना खान आफ्नो घर बोलाएका थिए । उनी सधैँ सेतो सफा कुर्ता पाइजामा लगाउँथे त्यसमाथि सल ओड्थे । उनको आतिथ्यता कसैले पनि बिर्सन सक्दैन । मीठो खाना खुवाउँथे, चाहे त्यो पारसी होस अथवा युरोपियन अथवा हैदरावादी । उनी खानाका धेरै शौखिन थियो । कुल मिलाएर उनी शौखिन र रङ्गीन थिए । उनले दुन स्कुलमा पढेका थिए, पछि आर्किटेक्चर पढ्न अमेरिका गएका थिए ।’

पीलु मोदीका सबैभन्दा नजिकको साथी थिए पाकिस्तानका राष्ट्रपति जल्फिकर अली भुट्टो । यी दुवै केवल मुम्बैमा साथै हुर्के बढेका मात्र होइनन्, अमेरिकामा पनि सँगै पढेका थिए । जब भुट्टो जुलाई १९७२ मा  सिमला सम्झौतामा हस्ताक्षर गर्न भारत आए त उनले पीलुलाई भेट्ने इच्छा प्रकट गरे । पीलु सिमला पुगेर र सिमलामा भएको कुराकानीको प्रसङ्ग उनले आफ्नो पुस्तक ‘जुल्फी माई फ्रेन्ड’मा गरेका छन् ।

पीलुले लेखेका छन्– ‘एक क्षणका लागि जब बिब्लियर्डस रूपको ढोका अलिकति खुलेको थियो त यो दृश्य क्यामेरामा खिच्नलायक थियो । तर सयाँै फोटोग्राफर हुँदा पनि यस्तो हुन सकेन । मैले देखेको जगजीवन राम विलियर्डसको कुर्सीमा बसेका थिए र इन्दिरा गान्धी मेचमा झुकेर सिमला सम्झौताको मस्यौदामाथि बहस गरिरहेकी थिइन् । चौहान र फखरुद्दीन अली अहमत पनि मेचमा झुकेका थिए । ती सबैलाई नोकरसाहीको समूहले घेरेका थिए । दश बजेर पैतालीस मिनेटमा जब भुट्टो र इन्दिरा गान्धी सम्झौतामा हस्ताक्षर गर्न सहमत भइन् तब थाह भयो त्यो समयमा हिमाञ्चल भवनमा कुनै टाइपराइटर थिएन । छिटो छिटो ओबराय क्लाक्र्स होटलबाथ टाइपराइटर बोलाए । पाकिस्तानी प्रतिनिधि मण्डलसँग त उनको देशको छाप पनि रहेन छ, किनकि त्यो समयसम्म पाकिस्तानी प्रतिनिधिमण्डलको सामान फिर्ता पठाइसकेको थियो । अन्तमा सिमला सम्झौतामाथि बिनाछापको नै हस्ताक्षर भयो । सम्झौताभन्दा पहिला मैले देखे कि केही भारतीय अधिकारीहरू, साइनिङ टेबलमा मेजपोस ओछ्याउने कोसिस गर्दैथिए । हरेकले भिन्नभिन्न दिशामा तानिरहेका थिए । उनले हरेक तयारीको पटक पटक जाँच गरे । तर जब सम्झौतामा हस्ताक्षर गर्ने समय आयो त भुट्टोका कलम चलेन । उनले अर्काको कलम मागेर हस्ताक्षर गरे ।’

जब पीलु संसदमा भाषण गर्थे, उनका विरोधीहरु पनि उनका कुरा सुन्थे । हाँसो मजाका गर्ने उनको बानीका मान्छेहरू फ्यान थिए । विजय सांघवी भन्छन्– ‘जब  हामी पत्रकारको ग्यालरीको माथि बस्थ्याँै तब बेन्च लडाएर सांसदहरूको ध्यान खिच्थ्यौँ । जब उनी माथि हेर्थे, हामी इसारामा उनीसँग कुरा गथ्र्यौं । एक पटक डिप्लोम्याटिक ग्यालरीमा एक सुन्दर केटी आएर बसेकी थिइन् । उनी भेनेजुयलाकी एक डिप्लोम्याट थिइन् । पूर्व विदेशमन्त्री श्यामनन्द मिश्रा निरन्तर त्यो केटीतर्फ हेरिरहेका थिए । पीलु मोदी दिनेश सिंहसँग केही कुरा गरिरहेका थिए । मैले बेन्च लडाएर उनको ध्यान मतर्फ ताने र पहिलो श्याम बाबुतर्फ इसारा गरेँ र फेरि डिप्लोमेटिक ग्यालरीतर्फ ।

पीलु ठूलो स्वरमा बोले ‘श्यामबाट आर यु डुइङ ?

श्याम बाबु लजाएपछि उनले पीलुसँग सोधे, ‘तपाईंलाई कसरी थाह भयो ?’

पीलुले भने ‘म तपार्इंलाई भन्दिनँ ।’

तपाईको प्रतिक्रिया