यी हुन् अडिसन राउण्ड बाट छनौट भएका २४ जना मध्ये उत्कृष्ठ प्रतिस्पर्धि छात्रा निहारिका सुवेदी (भिडियो सहित)

अडिसन बाट डिभि निकेतनकी कक्षा ७ कि निहारिका सुवेदीले सवैभन्दा बढी १२३ अंक प्राप्त गर्नुभएको छ ।

शिक्षा

मधेशवाणी संवाददाता

    माघ २०, २०७४   

सुर्खेत - सुर्खेतमा पहिलो पटक भएको सर्वाधिक धनराशी पुरस्कार राशीको वतृत्वकलात्मक कार्यक्रम ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ आजदेखि शुरु भएको छ । अडिसनमार्फत् विभीन्न २४ जना दोश्रो चरणका लागि छनोट भएका छन् ।

प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पिएसडि) वीरेन्द्रनगरले गर्ने नियमित कार्यक्रम ‘सुर्खेत गट् ट्यालेन्ट’ अन्तर्गत ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ भएको हो ।

माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी गरिएको कार्यक्रमको अडिसन बाट डिभि निकेतनकी कक्षा ७ कि निहारिका सुवेदीले सवैभन्दा बढी १२३ अंक प्राप्त गर्नुभएको छ ।

 

माघ २७ गते शनिवारका दिन २४ जनाले दोश्रो चरणमा प्रतिपर्धा गर्ने र १२ जना टप फाईभ चरणमा प्रवेश गर्ने छन् ।


यी हुन् अडिसन राउण्ड बाट छनौट भएका २४ जना मध्ये उत्कृष्ठ प्रतिस्पर्धि छात्रा (भिडियो सहित)

तपाईको प्रतिक्रिया