बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई ५ वर्ष जेल सजाय

विश्व

मधेशवाणी संवाददाता

    माघ २४, २०७४   

काठमाडौं । भ्रष्टाचारको मुद्दामा बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई ५ वर्ष जेल सजाय सुनाइएको छ । अदालतको आदेश लगतै प्रमुख विपक्षी दलकी नेत्री समेत रहेकी ७४ वर्षीया जियालाई पक्राउ गरिएको छ ।

अदालतले जियाका चार सहयोगीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

बच्चाहरुका लागि विश्वभरबाट संकलन गरिएको एक करोड ६१ लाख दुरुपयोगको अभियोगमा उनी दोषी ठहर भएकी हुन् । फैसला सुनाउँदा उनी अदालतमै उपस्थित थिइन् ।

जेल जाने क्रमा गहभरी आँसु बनाएका उनले आफन्तलाई चिन्ता नगर्न र हिम्मत नहार्न आग्रह गरेकी थिइन् । आफूमाथि राजनीतिबाट प्रेरित भएर आरोप लगाइएको भन्दै उनले आफू फर्किएर आउने बताएको डेलिस्टारले जनाएको छ ।

ढाकास्थित एक अदालतमा फैसला सुनाउने क्रममा न्यायाधीशले भनेका छन्, ‘उनीविरुद्ध लागेको आरोप प्रमाणित भएको छ र, उनको सामाजिक र शारीरिक स्थितिलाई मध्यनजर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ ।

तपाईको प्रतिक्रिया