विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

विश्व

मधेशवाणी संवाददाता

    फागुन ६, २०७४   

इरान : मध्य इरानको पहाडी क्षेत्रमा ६६ जना यात्रु सवार विमान दुर्घटनाग्रस्त भएको छ। विमानमा यात्रा गरिरहेका सबैजनाको निधन भएको एजेन्सीहरुले जनाएका छन्।

इस्फहान प्रान्तको सेमिरोम शहर नजिकै दुर्घटनामा परेको जनाइको छ।उक्त विमान तेहरान र दक्षिण-पश्चिमी यासुज शहरबीचमा उडिरहेको थियो। दुर्घटनाग्रस्त विमानको भग्नावशेषको खोजी गर्ने प्रयास जारी छ।

तपाईको प्रतिक्रिया