सी जिनपिङसँग किमको भेटघाट, उत्तर कोरिया परमाणु प्रसार रोक्न राजी

विश्व

मधेशवाणी संवाददाता

    चैत १५, २०७४   

उत्तर कोरियाका तानाशाह किम पहिलो पटक कुनै विदेशी मुलुकको भ्रमणमा गएको पुष्टि भएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले किम चीनको भ्रमणमा गएको बुधबार पुष्टि गरेको छ ।

किम र सी जिनपिङबीच वार्ता भएको पनि सिन्ह्वाले पुष्टि गरेको छ । २०११ मा सत्ता सम्हालपछि यो उनको पहिलो विदेश भ्रमण हो ।


समाचार संस्था सिन्ह्वाले किम र जिनपिङले हात मिलाएको तस्बिर पनि सार्वजनिक गरेको छ । जापानी सञ्चार माध्यमले सोमबारनै उत्तर कोरियाका कोही उच्च ओहोदाका नेता चीन पुगको समाचार संप्रेषण गरेका थिए ।

हाल आएर भने उक्त उच्च नेता अन्य कोही नभईकन किम भएको खुलासा भएको छ । २०११ मा किमका पिता पनि विशेष रेलबाट बेइजिङ गएका थिए ।


यो भ्रमणलाई उत्तर कोरियाको दक्षिण कोरिया र अमेरिकासँग हुने वार्ताका लागि निकैनै महत्वपूर्ण मानिएको छ । मे महिनामा किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट हुने कार्यक्रम रहेको छ ।
किमले कोरियाली प्रायद्विपमा शान्ति कायम राख्नका लागि परमाणु हतियार त्याग्नका लागि तयार भएको बताएका छन् ।


उनी आफ्नी धर्मपत्नी रि सोल जूका साथ चीन भ्रमणमा गएका थिए । उनी आइतबारदेखि बुधरबारसम्म चीनमै बसेका छन् ।


चीन र उत्तर कोरिया छिमेकी मुलुक हुन् । यी दुवै देशको सम्बन्ध सधैनै गोप्य रुपमा चल्दै आएको छ । हालसम्म उत्तर कोरियाले ६ वटा परमाणु परिक्षण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया