सिरियामा दोस्रो पटक हमलाका लागि तयारः अमेरिका

विश्व

एजेन्सी

    बैशाख २, २०७५   

अमेरिकी राजदूत निक्की हेलीले रासायनिक हतियारको प्रयोगलाई रोक्नका लागि आवश्यकता हेरी अमेरिका दोस्रो पटक हमला गर्नका लागि तयार भएको बताएकी छिन् ।

संयुक्त राष्ट्रमा निक्कीले यस्तो बयान दिएकी हुन् ।

उनले भनिन्, ‘शनिबारको सैन्य कारवाहीले हाम्रो सन्देश स्पष्ट बयान गर्छ । अमेरिकाले अब असद सरकारलाई रासायनिक हतियारको प्रयोग गर्न दिने छैन ।

हामीले त्यो अनुसन्धान केन्द्रलाई नष्ट गरेका छौं जसको प्रयोग ठूलो मात्रामा हत्याका लागि प्रयोग गर्ने हतियार बटुल्न प्रयोग गरिन्थ्यो । राष्ट्रपति ट्रम्पले सिरियाली शासनले यदि पुनः विषालु ग्याँसको प्रयोग गरे भने अमेरिका यसको जवाफ दिन पूर्ण रुपमा तयार छ भनी जानकारी दिएका छन् ।’

यता सिरिया विरुद्ध अमेरिका बेलायत र फ्रान्सको मिसाइल हमलाको भत्र्सना गर्नका लागि रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा समर्थन जुटाउन सकेन ।

तपाईको प्रतिक्रिया