नेपालसँगै अमेरिकामा बैशाख १४ मा कोहलपुर एक्स्प्रेस रिलिज

मनोरञ्जन

मधेशवाणी संवाददाता

    बैशाख ५, २०७५   

फिल्म ‘कोहलपुर एक्स्प्रेस’ बैशाख १४ बाट अल नेपाल रिलिज हुँदैछ । सोही दिन (अप्रिल २७) अमेरिकामा पनि फिल्म रिलिज हुने भएको छ ।

अमेरिकामा कोहलपुर एक्स्प्रेसलाई प्लानेट थ्री फिल्म्स, कोसेली इभेन्ट्स, नेप्सिन र फ्युजन इन्टरनेसनलले बितरणको जिम्मा लिएका छन ।

‘पछिल्लो समय नेपाली फिल्मको डिमान्ड विदेशमा पनि हुने गरेको छ । त्यसमा पनि कमेडी जनराको फिल्मलाई विदेशमा बिशेष रुचाइएको पाइएको छ ।

कोहलपुर एक्स्प्रेस पनि कमेडी जनरामा बनेको र ट्रेलर र गीतबाट उत्कृष्ट प्रतिकृया पाएको छ त्यसैले पनि हामीले अमेरिकामा फिल्म प्रदर्शन गर्न लागेका हौ’ कोसेली इभेन्ट्सका डिरेक्टर अर्जुन जुङ्ग कुवरले भने । अमेरिकाका डलास, बोस्टन, न्यू योर्क, सिकागो, बाल्टिमोर, भर्जिनिया, कोलम्बस लगायत दुई दर्जन बढी शहरमा फिल्म प्रदर्शन हुँदै छ ।

कोहलपुर एक्स्प्रेस केकी अधिकारीको डेब्यु निर्माण हो भने बिशाल भण्डारीको डेब्यु निर्देशन । फिल्ममा पछील्लो समय नेपाली सिने क्षेत्रका चर्चित तीन नायिकाहरु केकी अधिकारी, प्रियंका कार्की र रिचा शर्माको मुख्य भूमिका रहेको छ ।

क्केकी प्रियंका र रिचासँगै फिल्ममा बिनोद न्यौपाने, बुद्धी तामाङ, रबिन्द्र झा र बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । जुनकिरी आर्ट्सको प्रस्तुती रहेको फिल्मलाई भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रशाद चौलागाईंको संयुक्त रुपमा निर्माण गरेका हुन् ।

अर्जुन तिवारीको छायाङ्कन रहेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन । फिल्ममा राजन राज सिवाकोटीको शब्द संगीत रहेको छ भने स्वर राजन राज सिवाकोटी स्वयम र मेलिना राईको रहेको छ ।

तपाईको प्रतिक्रिया