रुसले अमेरिकी प्रतिबन्धको गतिलो जवाफ दिने

विश्व

मधेशवाणी संवाददाता

    बैशाख ६, २०७५   

मस्को - रुसी संसदका माथिल्लो सदनका सभामुख भेलेन्टिना मेटवेकोले अमेरिकाको प्रतिबन्धको सोही किसिमबाट गतिलो जवाफ दिने बताएका छन् ।

यो व्यापक पिडादायी र प्रभाव पार्ने खालको हुने उनले बताए । अमेरिकाले रुसका कतिपय कम्पनी तथा अधिकारीलाई कालो सूचीमा समावेश गरेको छ । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले हालसालैमा थप प्रतिबन्धको बारेमा सोचेका छैनन् ।


ट्रम्पले रुसप्रति सहानुभूति राख्दै आएको अमेरिकी अधिकारीले बताउदै आएका छन् । यद्यपि रुसले अवाञ्छित गतिविधि गरेमा प्रतिबन्ध बढाउन सकिने बताइएको छ । मेटवेकोले प्रतिबन्धलाई दुई धारको तरबार सरह भएको इन्टरफ्याक्स समाचार समितीले जनाएको छ ।

अमेरिकालाई सहयोग गर्ने अन्य मुलुक पनि रुसी प्रहारबाट नजोगिने उनले बताए । तल्लो सदनका सदस्यले रुसको सरकारलाई थप बढी अधिकार दिएको छ । यसको माध्यमबाट अमेरिकी सामनमा कम्पनी माथि प्रतिबन्ध लगाउन सकिन्छ 

तपाईको प्रतिक्रिया