प्रदेशमा उत्कृष्ट ल्याउन सफल कपिलवस्तु क्याम्पस

शिक्षा

       

मणि प्रसाद गैेह्रे, कपिलवस्तु, १८ भाद्र । त्रिभुवन विश्व विद्यालय बाट व्यवस्थापन संकाय चौथौ वर्षको परीक्षाको नतिजामा कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवाले प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको छ । 

क्यापसमा अध्यनरत छात्रा सालिनी पाण्डेले ७८.२० प्रतिशत अंक लयाएर प्रदेश ५ मा नै प्रथम भएकी छन् । साथै अन्य विद्यार्थीहरुले समेत उत्कृष्ट नतिजा ल्याएर उर्तिण भएका छन् । 

प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको अवसरमा विद्यार्थीलाई अभिनन्दन तथा वधाई कार्यक्रम सम्पन्न गरिएको छ । क्याम्पसमा विद्यार्थी र प्राध्यापकहरुको सहयोग मेहनत र प्रयासले यो सफलता प्राप्त भएको क्याम्पस प्रमुख नवराज तिवारीले बताए । 

प्रदेश ५ मा मात्र नभएर प्रदेश नं ६, ७ मा समेत क्याक्पसको नतिजा उत्कृष्ट भएको बताए । सो अवसरमा वोल्दै कपिलवस्तु नगरपालिकाका द्धय वडा अध्यक्ष सुदिप पौडेल र प्रकाश गैेरेले कपिलवस्तु नगरपालीका र जिल्लाकै नाम उच्च राख्न सफल पार्ने छात्रा सालिनी पाण्डेय तथा अन्य विद्यार्थीहरुलाई हार्दिक वधाई तथा शुभकामना प्रदान गरे । 

साथै नगरपालिकाले शैक्षिक विकास र जिल्लाको इतिहास रच्ने काम गर्ने विद्यार्थी तथा शैक्षिक व्याक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिने बताए । साथै त्रिभुवन विश्वविद्यालय बाह्य परिक्षा सुपरिक्षक देवी पन्थीले यो सफलतालाई निरन्तर दिनका लागि क्याम्पस र विद्यार्थीहरु निरन्तर रुपमा लाग्नु पर्ने बताए । 

सहायक क्याम्पस प्रमुख विनय कुमार पाण्डेयले पठनपाठनमा नयाँ आयामका साथ काम गरिएकोले क्याम्पसमा नतिजाहरु राम्रा आउन लागेको बताए । साथै आामी दिनमा नया व्यवस्थापनका साथ पठनपाठनको व्यवस्था मिलाउने बताए । 

व्यवस्थापन संकायका संयोजक रमेश घिमिरेले विद्यार्थीको लगनशिलता र अनुशासनले नतिजा राम्रो ल्याउन सफल भएको बताए । उत्कृष्ट नतिजा ल्याउन सफल सालिन पाण्डेले मेहनत र शिक्षकहरुके प्रेरणा गर्दा आफुले सफलता पाएको बताइन् । क्याम्पसले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मानका साथ तौलिहवा नगर परिक्रमा गराइएको थियो ।

तपाईको प्रतिक्रिया