भारतीय उद्योगपतिहरुको काठमाडौंमा भेला

अर्थ/वाणिज्य

       

काठमाडौं, २२ भाद्र । भारतमा कारोवार गरिरहेका यादव समुदायका उद्योगपतिहरु काठमाडौँमा भेला भएका छन् । इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर अफ कमर्शमा आबद्ध उद्योगीहरु इण्डो नेपाल विजनेश समिट २०१८ का लागि नेपालमा भेला भएका हुन् ।

नेपाल र भारतका करिब एक सय जना उद्योगपतिको उपस्थितिमा भइरहेको सो समिटको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । ती उद्योगीहरुले नेपालमा लगानीको सम्भावनाको विषयमा छलफल गर्नेछन् । दुई दिनसम्म चल्ने सो समिटमा नेपालका उद्योगपतिहरु पनि दुई देशको व्यापार व्यवसायका बारेमा छलफल गर्ने नेपालका उद्योगी डा.शिवजी यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया