शिक्षित मधेशका लागि पनि लाग्नुपर्ने समय आएको छ : सांसद यादव

शिक्षा

       

वीरगंज, २२ भाद्र । वीरगंजमा रहेको पिरामीड एकेडेमीले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद एवं कार्यक्रमका प्रमुख अथिति प्रदीप यादवको प्रमुख आथित्यतामा वीरगंजको भिशवा होटलमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका विधाथीहरुलाई स्वागत गरिएको थियो ।

साथै एकेडेमीका मेहेनति तथा जेहेन्दार विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अथिति सांसद प्रदीप यादवले सम्मान समेत गरेका थिए । कार्यक्रममा पिरामीड एकेडेमीबाटै जिल्ला उतीर्ण गरेकी अन्नु गुप्ता र देशभरिबाट मात्रै दस जनाको नाम निस्किने एरोसफ्ट ईन्जीनीयरीङ्गमा पुलचोक ईन्जीनीयरीङ्ग कलेजबाट नाम निकाल्न सफल पिरामीड एकेडेमीका मंदीप साहका अभिभावकलाई समेत सम्मानित गरिएको हो ।

दिप प्रज्वलित गर्दै कार्यक्रमको उद्घाटन गरेका सांसद प्रदीप यादवले विद्यार्थीहरुलाई शुभकामना दिँदै शिक्षामा मधेशमा भइरहेको विकास देखेर खुशी लागेको बताए ।

मधेशी समुदायका विद्यार्थीहरु पहिलेको भन्दा धेरै शिक्षामा अव्वल हुन थालेको र सफल भएको प्रति खुशी व्यक्त गर्दै उनले अब यही हौसलाका साथ विकसित मधेशसँगै शिक्षित मधेशका लागि पनि लाग्नुपर्नेमा जोड दिए ।

एकेडेमीका डाईरेक्टर विजय यादवको अधयक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि डा.दिपक शाक्य, डा. रवीन्द्र सिंह, एकेडेमीका प्रिन्सिपल संजय कुमार सिँह, एकेडेमीका दुई सयभन्दा धेरै विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया