विद्यार्थीलाई सोलार टुकी वितरण

शिक्षा

       

तुलसीपुर, २३ भाद्र । बत्ती नहुँदा पढाइबाट बञ्चित भएका यहाँका विद्यार्थीलाई पढ्न सहयोग पु¥याउने उद्देश्यले १४६ वटा सोलार टुकी प्रदान गरिएको छ । शान्तिनगर गाउँपालिकाले ३९औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विभिन्न विद्यालयका विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको हो । न्यून आय भएका पहाडी क्षेत्रका चार विद्यालयका विद्यार्थीलाई सोलार टुकी वितरण गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया