भारतीय बन्दरगाहमा कार्गो ट्रेकिङ सिस्टम लागू

अर्थ/वाणिज्य

       

काठमाडौं, २७ भाद्र । भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (इसिटिएस) लागू भएको छ ।

यो प्रणाली लागु भएपछि नेपाली आयातकर्ताले विशाखापटनम् बन्दरगाहमा भन्सार ‘क्लियरेन्स’को औपचारिकता लगायत विषयबाट छुटकारा पाएका छन् ।

नेपालका लागि तेस्रो मुलुकबाट सामान ल्याउँदा भारतीय बन्दरगाहमा अब भन्सार प्रक्रिया पूरा नगरी सिधै आयात हुने भएको हो । यो प्रणाली लागू भएपछि अब आयातकर्ताले बन्दरगाहमा कुनै पनि कागजात पेस गर्नु पर्दैन ।

भारतको कोलकाता बन्दरगाहको विकल्प खोज्दै २ वर्ष अघि विशाखापटनम् बन्दरगाहबाट नेपाली कार्गोको आयात सुरु भएको थियो । अब इसिटिएस लागू भएपछि सो भारतीय बन्दरगाहमा हुने भन्सारसम्बन्धी प्रक्रिया हटेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया