रुपन्देहीका ३ वटा आयल डिष्ट्रिव्युटर्समा शिलबन्दी

अर्थ/वाणिज्य

       

चन्द्रकान्त खनाल, रुपन्देही, २८ भाद्र । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थ अपचलनका कारण नेपाली सवारी साधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोलि रुपन्देहीले छड्के अनुगमन सुरु गरेको छ ।

बुधवार जिल्लाको ओमसतिया र रोहिणी गाउपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्गमा रहेका तिन वटा पेट्रोल पम्पमा छड्के निरिक्षण गर्दा पेट्रोलियम पर्दाथ अपचलन गरेको पाइएपछि अनुगमन टोलीले तिन वटा पेट्रोलिय पम्पमा शिलबन्दी गरेको हो ।

ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिष्ट्रिव्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा शिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोलि रुपन्देहीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया