नारायणी अस्पताललाई केन्द्रीय रिफरल अस्पताल र सरकारी मेडिकल बनाउन माग

स्वास्थ्य शैली

       

वीरगन्ज । वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रिय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नत्ती गर्न माग गर्दै पर्साका सांसद र विधायकहरुले सरकारसंग माग गरेका छन् । 

संघीय सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाइ भेटेर पर्साका सांसद र विधायकहरुले नारायणी उपक्षेत्रीय अस्पताललाई सरकारी मेकिडल कलेजका रुपमा स्तरोन्नत्ती गर्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन् ।

हाल तीन सय ३० शैयाको क्षमतामा सन्चालित नारायणी उपक्षेत्रीय अस्पताललाइ सात सय शैयाको विस्तार गरि यस अस्पतालाइ केन्द्रिय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नत्ती गर्न माग गर्दै स्वास्थ्यमन्त्रालयमा आज पुगेर स्वास्थ्यमन्त्री यादवलाइ ज्ञापन पत्र बुझाइएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले बताए ।

गत साउन २१ गते वीरुगन्जमा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारीको अध्यक्षता तथा पर्साका सांसद र विधायकहरुको उपस्थितीमा बसेको सर्वदलीय बैठकले नारायणी उपक्षेत्रीय अस्पतालाइ सात सय शैयामा वितर गरि केन्द्रिय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजका रुपमा स्तरोन्नत्ती गर्न सरकारसंग माग गर्ने निर्णय गरेको थियो ।

त्यहि निर्णय अनुसार आज पर्साका चार वटै निर्वाचन क्षेत्रका सांसद र विधायकहरु सम्मिलीत टोलीले स्वाथ्यमन्त्रालयमा गइ स्वास्थ्यमन्त्री यादवलाइ ज्ञापन पत्र बुझाएको हो ।

तपाईको प्रतिक्रिया