संविधानको रक्षा गर्ने शपथ लिएकोले कालो दिवस मनाउँदैनौं : उपप्रधानमन्त्री यादव

राजनीति

       

राजविराज, २ असोज । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफूहरुले संविधानको रक्षा गर्ने शपथ लिएकोले कालो दिवस नमनाउने बताएका छन् ।

मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उपप्रम यादवले सो कुरा बताएका हुन् । उनले संविधान दिवसलाई कालो दिवसका रुपमा नमनाउने बताएका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले आफ्ना पार्टीका निर्वाचित सांसदहरुले न कालो दिवस मनाउने न संविधान दिवस मनाउने बताएका छन् ।

यही संविधानअन्तर्गत आफूहरु सबै निर्वाचनहरुमा भाग लिएको यो संविधानको विरोधमा कालो दिवस मनाउन नैतिक आधार नभएको उनी बताउँछन् ।

उनले आफूहरुले संविधान संशोधनकै सत्तारुढ दलहरुसँग सहमति गरेको र संशोधनका विषयमा प्रक्रियाहरु भइरहेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया