जलेश्वरमा करेन्ट तयारी चाउचाउको लञ्चिङ्ग

अर्थ/वाणिज्य

       

जलेश्वर, ५ असोज । यशोदा फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको करेन्ट तयारी चाउचाउको महोत्तरीको सदरमुकाम जलेश्वरमा लञ्चिङ्ग गरिएको छ ।

नेपालको मौलिक कला संस्कृति झल्किने पञ्चेबाजा सहितको र्यालीका साथ सदरमुकाम जलेश्वरमा चाउचाउको लञ्चिङ्ग गरिएको जलेश्वरमा यसको मुख्य विक्रेता रहेका फुलबाबु साहले जानकारी दिए । सो अवसरमा कतिपय पसलेहरुलाई निःशुल्क समेत चाउचाउ वितरण गरिएको थियो ।

जलेश्वरको विभिन्न पसल तथा सोको आसपासको क्षेत्रमा प्रचारप्रसार स्वरुप र्याली निकालिएको बताउँदै साहले बजार मूल्य १९ रुपैयाँ रहेको यस चाउचाउको तौल ७५ ग्राम रहेको जानकारी दिए ।

अत्याधुनिक प्रविधिबाट तयार गरिएको उक्त चाउचाउ गुणस्तरीय तथा स्वादिलो रहेको र हरेक प्याकेटभित्र कुपन रहेको बताउँदै मुख्य विक्रेता साहले भने, ‘हरेक कुपनमा मोबाइल, साइकल, क्रिकेटबल, भलिवल, फुटबल, क्रिकेट व्याटसहित नगद उपहार रहेको छ ।’

सो कम्पनीका एरिया म्यानेजर सुनील झाले यो चाउचाउ खानमा स्वादिलो, पकाएर धेरै समयसम्म राख्दा पनि स्वादमा फरक नपाइनेजस्ता विशेषताहरु रहेका कारणले चाउचाउको माग बढ्दै गएको बताउँदै प्रचारप्रसारका लागि सबै ठाउँमा पुगिरहेको बताए ।

तपाईको प्रतिक्रिया