दलित विद्यार्थीहरुलाई तेस्रो त्रैमासिक छात्रवृत्ति वितरण

शिक्षा

       

महोत्तरी, ८ असोज । महोत्तरीमा नेपाल छात्रवृति कार्यक्रमअन्तर्गत दलित विद्यार्थीलाई तेस्रो त्रैमासिक छात्रवृति वितरण गरिएको छ ।

बर्दिवासस्थित जनता प्राविधिक शिक्षालयमा आयोजित छात्रवृति वितरण कार्यक्रममा प्रदेश २ का सांसद शारदा थापाले दलित तथा गरिब विद्यार्थीको भविष्य निर्माणमा छात्रवृतिको रकमले टेवा पुग्ने बताइन् ।

नेपाल छात्रवृति कार्यक्रमअन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले यस वर्ष जलेश्वरमा ८४ तथा बर्दिवासमा १५ जनालाई छात्रवृति वितरण गरेको हो ।

छात्रवृति रकम प्रत्येक तीन महिनामा दिइने गरिएको कार्यक्रम अधिकृत प्रेम जैरुले बताए । बर्दिवासमा आयोजित कार्यक्रममा नगर प्रमुख विदुर कार्की लगायतको सहभागिता थियो । छात्रवृतिको रकम प्रत्येक महिना न्यून्तम चार सयदेखि दुई हजारसम्म हुने गर्दछ ।

तपाईको प्रतिक्रिया