सप्तरीको कोचाबखारीमा कृषक समूह गठन

अर्थ/वाणिज्य

       

सप्तरी, ९ असोज । राष्ट्रिय कृषक समूह महासंघले छिन्नमस्तामा कृषक सेवा केन्द्र कोचाबखरी गठन गरिएको छ । सोमबार छिन्नमस्ता गाँउपालिका वडा नम्वर १ का वडाअध्यक्ष बिनोद कुमार यादवको अध्यक्षतामा बसेको बैठकले किसानहरूको हकहितको सवाल तथा कृषक समूहबाट किसानहरूलाई धानबालीमा सहयोगको साथै खाद्य, मल, बीउबिजन सहजरूपमा किसानलाई उपलब्ध गराउने उद्देश्यले कमिटि गठन गरिएको हो ।

सो बैठकबाट लालापट्टीका स्थानीय कृषक धन्नजय यादवको अध्यक्षतामा ७ सदस्यीय कोचाबखारी कृषक सेवा केन्द्र गठन गरिएको हो ।गठित समितिको उपाध्यक्षमा छिन्नमस्तामा १ बरहीका ममता देबी राय, सचिवमा बिनोद साह, कोषाध्यक्षमा गगनदेबी मण्डल चयन गरिएको छ ।यसैगरी, सदस्यहरूमा रंजित कुमार साह, सुकमार साह, धिरेन्द्र कुमार यादव, देबसुनैर देबी मण्डल चयन गरिएको समितिका अध्यक्ष धन्नजय यादबले बताए ।

तपाईको प्रतिक्रिया