महिला पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्य शैली

       

वीरगन्ज, १० असोज । महिलाहरुको पाठेघरको मुखको क्यान्सरबारे वीरगंजमा एकदिने स्वास्थ्य चेकजाँच शिविर सम्पन्न भएको छ ।

अशाराम हस्पिटलको सहयोगमा ‘महिला स्वास्थ्य परियोजना कार्यक्रम’ अन्तर्गत आसमान नेपालको आयोजनामा वीरगंजको आशाराम हस्पिटलमा शिविर समपन्न भएको हो । शिविरमा २ जना महिला पाठेघरको मुखको क्यान्सरका लागि सरभाइकल पोलाप्स देखिएकाले तिनको थप उपचारका लागि अन्यत्र स्वास्थ्य संस्थामा पठाएको अस्पतालकी निर्देशक निभा दासले बताइन् ।

एक सय १४ जना सहभागी उक्त शिविरमा दश जना एस.टि.आई पोजेटिभ देखिएको डा ईन्द्रनिल घोषले बताए । उनले भने, ‘एस.टि.आई देखिएका महिलाहरुलाई जनचेतना जागृत गराउनुको साथै उचित सल्लाह सुझव र परामर्श दिएका छौं ।’

यस्तै शिविरकै अवसरमा दशजनाले आई.यू.सि.डि गराएको डा घोषले बताए । शिविरमा बाराको जितपुर, सिमरा, कलैया, परवानीपुर र पर्साको सिर्सिया, भिष्वा, ईनर्वा, अशोकवाटिका लगायत भारतको रक्सौलका महिला दिदिवहिनिहरुले लाभ उठाएको आशाराम हस्पिटलकी निर्देशक निभा दासले बताइन् ।

कार्यक्रममा ममता श्रेष्ठ र इन्द्रा मगरले प्राविधिक सहयोग गरेका थिए भने कार्यक्रमको सहजीकरण आसमान नेपालका शम्भु कुमार साहले गरेका थिए । कार्यक्रम आशाराम हस्पिटलकी निर्देशक निभा दासको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया