ऐतिहासिक र प्राचिन विषयमा कलम चलाउन मुख्यमन्त्री पोख्रेलको आग्रह

राजनीति

       

कपिलवस्तु, २० असोज । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कबि तथा लेखकहरुलाई ऐतिहासिक र पुरातात्विक बिषयमा समेत आफ्नो कलम चालउन आग्रह गरेका छन् ।

खुला संग्रहालयकारुपमा परिचित कपिलवस्तुको ईतिहास अझै लुकेर बसेकोले त्यस बिषयमा अध्ययन अनुसंधान गरी लेखकले कलम चलाउन उनले अपील गरे ।

प्रदेश नं. ५ ऐतिहासिक भुमि भएको भन्दै तथ्य प्रमाणहरु पत्ता लाग्न नसक्दा सोचे जस्तो विकास हुन नसकेको उनले बताए ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले आज वाणगंगा नगरपालिकाको कपिलधाममा राखेको प्रदेश अधिवेशन, स्रष्टा सम्मान तथा रचना बाचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले बुद्ध संग सम्बन्धित स्थलहरु प्रशस्तै भएपनि तथ्य प्रमाणहरु भेट्न नसकेको बताए ।

बुद्धले २९ बर्ष विताएको भूमि कपिलवस्तु भए पनि विश्वका अनुसन्धान गर्ने व्यक्तिहरु भारत लगायतका देशका भएको भन्दै नेपालले विश्वमा पुष्टि गर्नका लागि प्रयाप्त प्रमाणहरु भेटाउन नसक्दा समस्या भएको उनले बताए ।

गुगलमा शुद्धोधन र लुम्बिनीका केही स्थान भारतमै रहेको देखाउने गरेको भन्दै उनले लेखक तथा साहित्यकारलाई त्यता तिर ध्यान दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया