लगानी मैत्री वातावरण बनाउन सरकार लागी परेको छ : मन्त्री यादव

राजनीति

चन्द्रकान्त खनाल

       

रुपन्देही, २० असोज । उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्योगी व्यवसायीहरुले भने जस्तो लगानी मैत्री वातावरण बनाउन सरकार लागी परेको बताएका छन् ।

उद्योगी व्यवासायीको हितविना देश विकास संभव नभएको भन्दै यसमा संघीय सरकार प्रदेश सरकार र स्थानिय सरकार मिलेर देशमा उद्योग धन्दाको विकास सम्भव हुने यादवले बताए ।

रुपन्देही उद्योग संघको ४०औ वार्षिक साधाणसभामा बोल्दै मन्त्री यादवले व्यवसयीहरुले गरेको लगानी सुरक्षित रहेको बताउँदै लगानी सुरक्षित गर्ने जिम्मा सरकारको भएको बताए ।

मन्त्री यादबले भने व्यववसायीहरुले लगानी मैत्री वातावरण भएन, उद्योग खोल्ने स्थान अभाव भयो, व्यवासयी मैत्री उद्योग नीति आएन जस्ता कार्यहरु गर्ने गरेको बताउदै भने व्यवसायीहरुले कस्तो नीति चाहिएको हो त्यो आफुले तयार गर्ने बताए ।

तपाईको प्रतिक्रिया