प्रयोगात्मक र व्यावहारिक शिक्षा दिनुपर्नेमा प्रधानमन्त्रीको जोड

राजनीति

       

काठमाडौं, २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पूरा नगर्ने भएको प्रयोगात्मक र व्यावबहारिक शिक्षा दिनु पर्ने बताएका हुन् ।

“अब कक्षा कोठाको पाढइले मात्र पुग्दैन । विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताएका छन् ।

“शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ ।”

तपाईको प्रतिक्रिया