बुटबलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु

अर्थ/वाणिज्य

       

चन्द्रकान्त खनाल, रुपन्देही, २१ असोज । बुटवलमा शुक्रबारदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ ।

उद्योग व्यापार संघ बुटवलको आयोजना असोज २८ गतेसम्म बुटवलमण्डपमा सञ्चालन हुने प्रदर्शनी तथा मेलाको मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।

उद्घाटन मा बोल्दै मुख्यमन्त्री पोखरेलले व्यापार व्यवसायलाई ग्रामिण अर्थतन्त्रसँग नजोडेसम्म नेपाली अर्थतन्त्रको दिगो विकास नुहने बताएका छन् ।

अहिले सजिलो व्यापारको रुपमा सिमा पारीबाट विभिन्न बस्तु आयात गरी सहरमा नै विक्रि गर्ने परिपाटी विद्यमान रहेको भन्दै उनले ग्रामिण क्षेत्रका जनातहरुको आर्थिक स्थर माथि उठ्ने गरी व्यापार व्यवसायलाई अबलम्बन गर्न सकेमा साच्चै नै आर्थिक विकासमा दिगो पना हासिल हुने बताएका हुन ।

आयतित बस्तु विक्री वितरण गरी आर्थिक समृद्धिको कुरा गर्नु भनेको ‘थोत्रो आर्दश’ को संज्ञा दिदै मुख्य मन्त्री पोखरेलले जव सम्म ग्रामिण अर्थतन्त्रसंग नेपाली अर्थतन्त्र जोड्न सकिदैन तव सम्म विकासको आशा गर्नु बेकार भएको बताए । छिमिकी उद्योगीहरुलाई पोस्ने काम गरिएको भन्दै यसलाई अन्त्य गर्नु आवश्यक रहेको भएको बताए।
कमाईको ठुलो हिस्सा बाहिर जाने गरेको बताउदै उनले बाहिर जादै नजाने भन्द पनि मात्रालाई कम गर्नु आवश्यक रहेको तर्क अगाडी सारे । जनताको स्तर माथि उठाने खालमा ठुलो हिस्सा लगानी उद्योगीहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले आर्थिक अपराध जम्माउने तर्फ उद्योगी व्यवसायीहरु उद्धत हुन नहुने भन्दै विलासितको क्षेत्रमा भन्दा उद्यमशिल, रोजगारी सृजना हुने क्षेत्रमा नीजि क्षेत्रले लगानी गर्नुपर्ने वताए।

उद्योगी व्यवसायलाई राजनीति संग जोड्न नहुने भन्दै देशमा युवा लाई रोजगारी सृजना गर्ने वातावरण निर्माण गर्नुको विकल्प नभएको मुख्यमन्त्री पोखरेलको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम बहादुर पाठकले युवाहरुलाई देश बाट पालयन हुन बाट रोक्न सकेमा मात्रै देश समृद्धि हुने धारणा राखे । उनले अस्थायी संरचनामा लाखौ रुपैयाँ खर्च गरिएको भन्दै स्थायी सम्मेलन केन्द्र निर्माणकोलागि सरकारको ध्यानकर्षण गराए ।

स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मुख्य नाराकासाथ आयोजना गरिएको मेलामा २० करोड भन्दाको बढि कारोबार हुने मुल आयोजक समितिका संयोजक तथा बुटवल उद्योग व्यापार संघका अध्यक्ष प्रविण बहादुर पाठकले जानकारी दिए ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, नेपाली कागे्रस नगर सभापती खेलराज पाण्डे, लगायतले वोलेका थिए ।मेलामा औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाईल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाइएको छ भने दशैं सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाइएको छ ।

प्रदर्शनी स्थलमा ४ सय १५ भन्दा बढि स्टल रहेका छन प्रदर्शनीको मुख्य आकर्षण नौ तले धरहराको सर्वसाधारणको लागि खुल्ला गरिएको मेलाका छ करिब २२ लाख रूपैयाँ खर्च गरे भूकम्पले ध्वस्त भएको धरहराको प्रतिरूप प्रदर्शनी स्थलमा निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया