सिरहाबाट गठबन्धनका १० जना पक्राउ, सञ्चारकर्मीमाथी दुर्व्यवहार

राजनीति

       

सिरहा, २१ असोज । सिरहाबाट स्वतन्त्र मधेश गठबन्धनका १० कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन–पत्र बुझाउन जाँदा प्रहरीले मुलगेटमा रोकी भित्र प्रवेश गर्न नदिएपछि उनीहरु नाराबाजी गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दै एक महिलासहित १० जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सतिला यादव, मनिस यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको सुदिपराज कुशवहाले बताए । पक्राउ परेकाहरुलालई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको उनले बताए ।

तारेखका लागि जिल्ला अदालत पुगेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतसँगै सिरहा पुगेका उनीहरु तारेख पश्चात् ज्ञापन–पत्र बुझाउने कार्यक्रम राखेका थिए ।

तारेख सकेपछि डा. राउतलाई बिदाई गरेर उनीहरु ज्ञापन–पत्र बुझाउन जाँदा भित्र प्रवेश गर्न नदिएपछि राउत समर्थकले प्रहरी र प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गरेपछि लाठी चार्ज गर्दै उनीहरुलाई पक्राउ गरेका छन् ।

गत भदौं १५ गते नेपाल प्रहरीको हिरासतमा राममनोहर यादवको हत्या भएको भन्दै न्यायको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा न्यायिक छानबिन समिति गठन, राम मनोहर यादवलाई शहिद घोषणा, शहिद परिवारलाई उचित क्षतिपूर्ति, शहिद पत्नीलाई जागिर र बच्चालाई शिक्षा लगायतका मांग राख्दै उनीहरु आन्दोलित भएका छन् ।

एभिन्युजकर्मी कामतिमाथी दुरव्यवहार

जिल्ला प्रशासन कार्यालय सिरहा समाचार संकलन गर्न पुगेका एभिन्युजका सिरहा समाचारदाता शुभनारायण कामतिलाई प्रहरीले दुरव्यबहार गरेका छन् ।

महिलामाथि समेत पुरुष प्रहरीले दुव्यवहार गर्दै कुटपिट गरिरहेको फोटो खिच्न जाँदा अपन दैनिक पत्रिकाका प्रकाशक/सम्पादक तथा एभिन्यूज र जनताटाइम्स अनलाइनका सिरहा संवाददाता कामतीलाई फोटो र भिडियो खिच्न नदिई प्रहरी नायब निरिक्षक दिप नारायण यादवको कमाण्डमा रहेका प्रहरी टोलीले दुव्र्यवहार गर्नको साथै क्यामरा खोस्ने प्रयास गर्दै हातपात गर्न खोजेका थिए ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) जिवन श्रेष्ठ संग बुझ्न खोज्दा फोन उठेन ।

तपाईको प्रतिक्रिया