प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राजपा

राजनीति

       

काठमाडौं, २२ असोज । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन, आन्दोलनकारीहरुमाथि लागेको झुठा मुद्दा फिर्ता, राजबन्दीहरुको रिहाई, सांसद रेशमलाल चौधरीको रिहाई तथा शपथ ग्रहण लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई राजपाले गरेको समर्थनको औचित्य समाप्त हुन लागेकोले सरकारलाई ध्यानाकर्षण गराउन लागिएको राजपाका महासचिव केशव झाले मधेशवाणीलाई बताएका छन् ।

महासचिव झाका अनुसार प्रधानमन्त्री ओलीलाई अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउन लागिएको हो ।

तपाईको प्रतिक्रिया