तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि नबढाए समर्थन फिर्ता लिएर आन्दोलन गर्ने चेतावनी (ज्ञापनपत्रसहित)

राजनीति

       

काठमाडौं, २२ असोज । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन फिर्ता लिएर फेरि संघर्ष र आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सोमबार साँझ प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै तत्काल संविधान संशोधन प्रक्रिया अगाडि बढाउन, रेशम चौधरीको रिहाई तथा शपथ ग्रहण, राजबन्दीहरुको रिहाई लगायत देशका समसायिक समस्याहरुबारे राजपाले सरकारको ध्यानाकर्षण गराएको हो ।

‘यदि दुई तिहाई बहुमतको सरकारले सांसद रेशम चौधरीको सपथ, आन्दोलनकारी माथीको झुठा मुद्दा फिर्ता, बन्दीहरुको रिहाई गरी पार्टीले उठाउँदै आएका राजनीति र जनताको जनजीवन संग जोडिएका मुद्दाहरुका साथै संविधान संशोधनको कुरालाई गम्भीरतापुर्वक लिदैंन र तत्काल संविधान संशोधन प्रक्रियालाई अगाडी बढाउँदैन भने राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनेछ । र, एक पटक फेरी यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी यहाँ नेतृत्वको सरकारको नै हुनेछ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया