‘निर्धारित समयमै काठमाडौं–रक्सौल रेलमार्ग’

समाचार

       

काठमाडौं, २४ असोज । रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणको काम निर्धारित समयमै पूरा हुने भारतीय नीति आयोगका उपाध्यक्ष राजीव कुमारले बताएका छन् ।

भारतको नीति तथा योजना निर्माण गर्ने उच्च संस्थाका उपाध्यक्ष कुमारले रेलमार्गका लागि उल्लेखनीय रूपमा काम भइसकेकाले तोकिएको समयमै पूरा हुने बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले रक्सौल काठमाडौं रेलमार्गका लागि वास्तवमै काम भइरहेको र समयमै निर्माण पूरा हुने बताए । यो रेलमार्गले काठमाडौंलाई भारतसँग जोड्ने भएकाले यसको महत्व धेरै हुने उनले बताए ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्ष्भित्रै रक्सौल–काठमाडौंको डीपीआर निर्माण गर्न निर्देशन दिएका थिए । काठमाडौंमा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीकाको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपाल आएको समयमा भारतीय प्रधानमन्त्री मोदीले उक्त निर्देशन दिएका थिए ।

समझदारीअनुसार भारत सरकारको लगानी रहेको कोंकन रेलवे कर्पोरेसन लिमिटेडले रेलवे अध्ययन (सर्भे) को काम सुरु गरिसकेको छ ।

उक्त कम्पनीले अध्ययन कार्य पूरा गरिसकेपछि अन्य अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी र निर्माण प्रक्रियाका लागि बाटो खुला भएको छ । यो रेलमार्ग करिब १ सय २० किलोमिटर दूरीको हुनेछ ।

तपाईको प्रतिक्रिया