भव्य रुपमा कलश शोभा यात्रा निकालियो

समाचार

राकेश यादव

       

रौतहट, २४ असोज । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालवामा आयोजित दुर्गा पूजा समितिको आयोजनामा भव्य कलश शोभा यात्रा सम्पन्न भएको छ ।

दशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर पूजा समितिले कलश शोभा यात्रा आयोजना गरेको थियो ।

विगत ७ वर्षदेखि निरन्तर रुपमा हुँदै आएको पूजा ८औं वर्ष पनि धूमधामका साथ गरिँदैछ । नव निर्मित भवनमा पूजा आयोजना गरिएको पूजा समितिले जनाएको छ ।

पूजा स्थलबाट ४५१ कुमारी कन्याको साथमा निकालिएको कलश शोभा यात्रामा गाउँका महिला पुरुष युवा गरी ३ हजार जना सहभागी भएको थियो ।

बजागाजासहित निस्किएको शोभा यात्रा राजदेवी हुँदै बागमती नदीमा पुगेर विधिपूर्वक जल लिएर यज्ञ स्थलमा फर्केको समितिका अध्यक्ष राम मंगल यादवले बताएका छन् ।

कलश शोभा यात्रामा सहभागी भएका श्रदालु महिला, पुरुष, बालिकाहरुलाई सामुदायिक युवा रेडक्रस सर्कलका सदस्यहरुले सर्वत खुवाएका थिए । घटस्थापना अघि पूजा समितिको आयोजनामा गाउमा सरसफाई गरिएको थियो ।

तपाईको प्रतिक्रिया