कारकादौंमा महिन्द्रा टु–ह्वीलरको शोरुम

अर्थ/वाणिज्य

दिनेश ठाकुर

       

नेपालगञ्ज, २४ असोज । अग्नी मोटो इन्कले महिन्द्रा टु ह्वीलरका लागि नेपालगञ्जको कारकादौंमा आधिकारिक शोरुमको स्थापना गएिको छ ।

बुधबार शोरुमको औपचारिक उद्घाटन गरिएको छ । शो रुमको स्थापना पनि सर्वसुलभ र सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात सेल्स, सर्भिस र एसेयरपार्टस सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

नयाँ शोरुमबाट अग्निमोटो इन्कले दशैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा मुल्य कति स्क्रयाच गरी आउँछ जति योजना लागु गर्दैछ ।

कम्पनीका बजार निर्देशक प्रत्युस श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, अग्रज पत्रकार पुर्णलाल चुके लगायत कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रम ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्राली का अध्यक्ष वेद प्रकाश सिंह ठकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया