प्रदेश २ को नाम ‘मिथिला प्रदेश’ राख्नुपर्ने : उपसभापति निधि

राजनीति

       

जनकपुरधाम, २५ असोज । नेपाली कांगे्रसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को नाम मिथिला प्रदेश राखनुपर्ने धारणा राखेका छन् ।

उनले प्रदेश २ को प्राचीनता र सांस्कृतिक गरिमालाई दृष्टिगत गरी मिथिला प्रदेश नामाकरण गर्नुपर्ने धारणा राखेका हुन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका छन् । उनले केन्द्रीय र प्रादेशिक सरकार सङ्घीयता समाप्त पार्न उद्यत रहेकोसमेत आरोप लगाए ।

उनले भने, “प्रादेशिक सरकार केन्द्रीय सरकारको सङ्घीयता समाप्त पार्न साझेदारको भूमिका निर्वाह गरिरहेको छ ।”

तपाईको प्रतिक्रिया