मुख्यमन्त्रीद्वारा शुभकामना

समाचार

       

विराटननगर, २५ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

उनले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा बुधबार आयोजित बडादशैँ, दीपावली, छठ–२०७५ को उपलक्ष्यमा शुभकामना आदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेपालीका विभिन्न चाडपर्वले विभिन्न समुदायबीच आपसी भाइचारा र एकतामा बाँध्ने गरेको बताउँदै देशको विकासमा समेत सबै एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया