ग्रामीण क्षेत्र प्रतिमा र भजनले झकिझकाउ

समाचार

       

बुटवल, २५ असोज । रुपन्देहीका थारू र मधेशी समुदायमा दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवानका प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् ।

बुधबारदेखि शुरु भएको नवदुर्गामा उनीहरुले रुपन्देहीका विभिन्न ठाउँमा बाजागाजासहित नवदुर्गालगायतका भगवानको प्रतिमा स्थापना गरी व्रत बसेर पूजा गर्ने परम्परा रहेको छ ।

जिल्लाको सैनामैना नगरपालिका, शुद्धोदन गाउँपालिका, कञ्चन गाउँपालिका, सियारी गाउँपालिकालगायतका विभिन्न स्थानमा दुर्गा भवानी, श्री गणेश, कार्तीकेय, लक्ष्मी, सरस्वतीको प्रतिमा पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको शुद्धोदन गाउँपालिका–१ सिसैका स्थानीय बाबुराम पालले जानकारी दिए ।

उनले थारू तथा मधेशी समुदायले दशँैको टीका ग्रहण नगरे पनि हिन्दू परम्पराअनुसार पूजाआजा गरेर मन्दिरमा नै भगवान्को टीका ग्रहण गरिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया