विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०७५’ हुने

अर्थ/वाणिज्य

       

विराटनगर, २५ असोज । मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०७५’ हुने भएको छ ।

आगामी पुस ६ देखि १४ गतेसम्म चल्ने ‘विराट ट्रेड एक्स्पो–२०७५’ मा रु २५ करोड कारोवार हुने बताइएको छ ।

सङ्घद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा आगामी पुस ६ देखि १४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा भारत, श्रीलङ्का र स्वेदशका गरी २७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए ।

प्रत्येक वर्ष सञ्चालन हुँदै आएको एक्स्पोमा स्वदेशी तथा विदेशी राष्ट्रको लगानीकर्ता र उत्पादक, वितरक र निर्यातलाई एकै ठाउँमा राखी प्रत्यक्ष रूपमा अवलोकन गराउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया