बुटवलमा सस्तो बजार शुरु

अर्थ/वाणिज्य

       

रुपन्देही, २५ असोज । बुटवल उद्योग वाणिज्य सङ्घले उपभोक्तालाई एकै ठाउँबाट आवश्यकपर्ने वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बुधबारदेखि यहाँ दशैँ सस्तो बजारको शुभारम्भ गरिएको छ ।

‘गुणस्तरीय सामान प्रयोग गराँै, दशैँ सस्तो बजार अवलोकन गरौँ’ भन्ने मूल नाराका साथ बाल मन्दिरमा शुरु भएको सस्तो बजारमा बजारको मूल्यभन्दा सस्तो दरमा खाद्यान्नका सामान पाइने संयोजक नरीश्वर शर्माले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने सो बजारमा चिनी, घिउ, तेललगायत दैनिक उपभोग्य सामग्रीका ४० वटा कक्ष राखिएका छन् ।

दशँै बजारमा उपभोक्ताको मागलाई ध्यानमा राखेर दशैँका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । प्रतिव्यक्ति रु पाँच हजारसम्म नयाँ नोट साट्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया