प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न

समाचार

       

काठमाडौं, २५ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा जिल्लास्थित श्री रणसिंह दल गण र धादिङ्गस्थित श्री नं. ६ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न गरेका छन् ।

निरीक्षण भ्रमणमा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी र गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

निरीक्षण भ्रमणको क्रममा उनी श्री रणसिंह दल गण गोरखातर्फ प्रस्थान गरी निरीक्षण सम्पन्न पश्चात बुधबार काठमाण्डौं फिर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया