मानसिक स्वास्थ्य समस्या विश्वकै लागि चुनौती : स्वास्थ्यमन्त्री यादव

समाचार

       

काठमाडौं, २५ असोज । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मानसिक स्वास्थ्य समस्या अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताएका छन् ।

बेलायत (संयुक्त अधिराज्य) सरकार, विश्व स्वास्थ्य संगठन तथा आर्थिक सहयोग र विकास सम्बन्धी संगठन (ओईसीडी) को संयुक्त आयोजनामा लण्डनमा नेपाली समय अनुसार बुधबार राति सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले निम्न तथा मध्यम आय भएका मुलुकहरूका हरेक पाँचजना मध्ये एक जनामा मानसिक रोगको समस्या रहेको बताए । उनले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको वीस प्रतिशत जनता मानसिक रोगबाट ग्रसित भएको बताए ।

विश्व सम्मेलनको पहिलो दिन उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केण्डालसँग शिष्टाचार भेट गरेका थिए । भेटमा मानसिक रोगको निदानमा द्विपक्षीय सहयोग सम्बन्धमा वार्ता भएको थियो । १० अक्टोबरमा बेलायतका प्रधानमन्त्री थ्रिसर मेद्वारा डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत समारोहमा स्वास्थ्यमन्त्री यादव सरिक भएका थिए ।

 

तपाईको प्रतिक्रिया