मधेश आन्दोलनका शहीदका छोरालाई उद्योग मन्त्रालयमा नियुक्ति

राजनीति

       

जनकपुरधाम, २५ असोज । तेस्रो मधेश आन्दोलनका शहीदका छोरालाई प्रदेश २ को सरकारले नियुक्ति दिएको छ ।

शहीद उमेश कापरका छोरा राजकुमार कापरलाई प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यालय सहयोगीको रुपमा मन्त्री रामनरेश रायले नियुक्त गरेका हुन् ।

महोत्तरीको मनरासिसवा–८ का राजकुमारलाई बिहीबार मन्त्री रायले नियुक्तिपत्र दिएका हुन् ।

प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको विशेष पहलमा शहीद कापरका छोराको शैक्षिक योग्यताको आधारमा मन्त्रालयमा नियुक्ति दिइएको हो ।

तपाईको प्रतिक्रिया