हुलाकी सडक सघर्ष समितिद्वारा चक्काजाम

राजनीति

       

सिरहा, २५ असोज । कमलापुलको निर्माणमा भएको ढिलाईलाई अपराधको संज्ञा दिदै हुलाकी सडक संघर्ष समितिले सिरहाको महाविर चोकमा सांकेतिक ३० मिनटसम्म चक्काजाम गरेको छ ।

कार्यक्रममा केही बेर प्रहरीले हस्ताक्षेप गर्न प्रयास गरेपनि आन्दोलनकारीहरुले प्रहरीलाई पनि पुल चाहिन्छ भन्दै कार्यक्रमलाई समर्थन गर्न अनुरोध गरेपछि भ्यानसहित आएका केही प्रहरी फर्के भने केही आन्दोलनमा सामिल भए ।

त्यस अवसरमा आन्दोलनको औचित्यमाथि प्रकाश पार्दै हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवले कमलापुलको निर्माणमा पप्पु कन्सट्रक्सन मात्र होइन सरकार पनि त्यतिकै दोषी रहेको विचार व्यक्त गरे ।

२०६८ साल जेठ १५ गतेमा लागेको ठेक्का २०७१ सालसम्म कुनै पनि हालतमा तयार भैसक्नु पर्नेमा आज ८ वर्ष बितिसक्दा पनि ५० प्रतिशतभन्दा बढी पुलको निर्माण हुन नसकेको भन्दै संयोजक यादवले सरकारमा रहेकाहरुको भ्रष्टाचारी रबैया तथा ठेकेदारको लापरवाहीको कारण पुल बन्न नसकेको बताए ।

कार्यक्रममा सिरहा क्याम्पसका प्राध्यापक चन्देश्वर यादव, शिक्षक रामबालक यादव, युवा रामएकवाल यादवलगायत वक्ताहरुले पप्पु कन्सट्रक्सनको ठेक्का रद्द गरि अन्य कुनै जेहन्दार कम्पनीलाई दिइयोस भन्ने माग गरे ।

तपाईको प्रतिक्रिया