ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई नयाँ योजना

अर्थ/वाणिज्य

       

काठमाडौं, १२ कार्तिक । ग्लोबल आइएमई बैंक लि.को मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्टमार्फत Q’s Cinema को २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ ।

उक्त योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेशनको क्यू आर कोर्डमार्फत त्त’क ऋष्लझब कोटिकटको रकम भुक्तानी गर्दा २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्राप्त गर्नेछन् ।

राजधानीको दरबारमार्ग राइजिङ्ग मलमा रहेको Q’s Cinema को टिकट खरिदमा पहिलोपटक ग्लोबल आइएमई बैंकको क्यू आर कोर्डमार्फत रकम भुक्तानी हुन लागेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०४ शाखारहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशहरुमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया