नयाँदिल्लीमा जानकी लीला प्रस्तुती

मनोरञ्जन

       

काठमाडौं, १६ कार्तिक । जनकपुरको मिथिला नाट्यकला परिषद् (मिनाप)ले नयाँदिल्लीमा आफ्नो कलाको प्रर्दशनी गरेको छ ।

भारत सरकारद्वारा नयाँदिल्लीको मंडिमा आयोजित कार्यक्रममा जानकी लीलाको प्रस्तुती देखाइएको हो ।

कलाकारहरूले गीति नाटकमार्फत् जानकीको जन्मदेखि विवाहसम्मको सम्पूर्ण वृत्तान्तबारे आफ्नो प्रस्तुती देखाएका थिए ।

उक्त गीति नाटकमा जानकी जन्मपूर्व मिथिलामा परेको अनिकालका कारण वर्षात्को कामना गर्दै राजा जनकले गरेको ‘हलेष्ठी यज्ञ’का कारण वर्षा भएको लगायत रामजानकीको विवाह पश्चात् कोहवरसम्मको प्रस्तुति देखाइएको थियो ।

नेपालबाट जानकी लिलाको पहिलो मञ्चनका निमित्त दिल्लीमा प्रतिनिधित्व गरेको मिनापले राजस्थान, जयपुरमा समेत आफ्नो प्रस्तुतीका दिने मिनापका पूर्व अध्यक्ष सुनील मल्लिकले जानकारी दिए ।

यस अन्तर्राष्ट्रिय ‘रामलीला’ महोत्सवमा भारतसहित नेपाल, श्रीलंका र थाइल्याण्डका रंगकर्मीहरूको सहभागिता छ ।

जानकीले भारत र नेपालबीच धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध जोडेकोले रामलीला महोत्सवमा ‘जानकीलीला’ मञ्चन गरिएको पनि मल्लिकले बताए ।

तपाईको प्रतिक्रिया