जनताको रेमिट्यान्स भारतबाट सुरू

अर्थ/वाणिज्य

       

काठमाडौं, १६ कार्तिक । जनता बैंक नेपाल लिमिटेड छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सुरू गरेको छ ।

‘जनता रेमिट’ मार्फत आन्तरिक तथा अन्तरािष्ट्रय रेमिट्यान्स सेवा पु¥याउँदै आएकोमा अबदेखि भारतमा रहेका ग्राहकले समेत सहजै जनता रेमिट्यान्सबाट सेवा दिन सक्ने बैँकले जनाएको छ ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको सम्झौता अनुसार भारतमा रहेका नेपालीले जनता रेमिटमार्फत सुलभ रूपमा आफ्नो कमाइ आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । एक्सिस बैंकको भारत भरका ३४ सय शाखामार्फत जनता रेमिटमा पैसा पठाउन सकिनेछ ।

तपाईको प्रतिक्रिया