बर्दियामा अज्ञात समूहको गोली प्रहारबाट एकको मृत्यु

समाचार

       

बर्दिया, १९ कार्तिक । बढैयाताल गाउँपालिका–३ गोबरियापुर बस्ने ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट सोमबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात समूह आई ५० हजार रुपैयाँ समेत लुटेर गोली प्रहार गर्दा गम्भीर घाइते भएका मोहनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । फरार लुटेराहरुको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया